Techie IT
शनिबार, वैशाख ६,२०८२

आज काठमाडौंमा विसाल चुनावी सभा गर्दै सत्ता गठबन्धन


काठमाडौं । सत्ता गठबन्धनले आज राजधानीमा अन्तिम चुनावी सभा आयोजना गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि सुरु हुनुअघि कांग्रेस, माओवादी र एकीकृत समाजवादी सम्मिलित गठबन्धनले चुनावी सभाको आयोजना गर्न लागेका हुन् ।

दिउँसो २ बजे काठमाडौंको कोटेश्वरमा आयोजना हुने चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापा लगायतले सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा भने गृहजिल्ला डडेल्धुरामा रहेको छन् । देउवा आज अछाममा आयोजना हुने कार्यक्रममा सहभागी हुने तयारी रहेको छ ।

काठमाडौं २ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गठबन्धनबाट माओवादी केन्द्रकी ओनसरी घर्ती, एमालेका मणिराम फुँयाल, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीदेवी पोखरेल मुख्य प्रतिस्पर्धी हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #आज काठमाडौंमा विसाल चुनावी सभा गर्दै सत्ता गठबन्धन, #सत्ता गठबन्धन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545