Techie IT
आईतबार, वैशाख ७,२०८२

रामचन्द्र पौडेललाई मत माग्दै गण्डकीका मन्त्री दीपक मनाङे


तनुहँ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले तनुहँमा रामचन्द्र पौडेलका लागि मत मागेका छन् ।

तनहुँ १ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका पौडेलका लागि मनाङेले मत मागेका हुन् । डुम्रेमा बुधबार भएको घरदैलोमा उनी पनि केही समय मत माग्दै हिँडेका थिए ।

कांग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनालले मन्त्री मनाङेले केही बेर पौडेलका लागि मत मागेर हिँडेको बताए । ‘बाटोमा भेट भयो, त्यसपछि उहाँ ९मनाङे० पनि मत मागेर हिँड्नुभएको हो, सहकार्य गर्ने भन्नुभएको छ’, खनालले भने ।

मन्त्री मनाङे आगामी प्रदेशसभा निर्वाचनमा पनि यसअघि नै निर्विरोध चयन भइसकेका छन् । उनले उम्मेदवारी दिएको क्षेत्र मनाङ २ मा कसैले पनि उम्मेदवारी नदिएपछि उनी निर्विरोध भएका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #दीपक मनाङे, #रामचन्द्र पौडेललाई मत माग्दै गण्डकीका मन्त्री दीपक मनाङे


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545