Techie IT
शनिबार, वैशाख ६,२०८२

निर्वाचन आयोगले स्थिर समय अगाडि पत्रकार सम्मेलन गर्दै


काठमाडौं । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्दैछ । आयोगले आसन्न मङ्सिर ४ गतेको प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनको स्थिर समय सुरु हुनुअघि पत्रकार सम्मेलन गर्न लागेको हो ।

स्थिर समय आज राति १२ बजेदेखि सुरु हुनेछ । यस समयमा चुनावी प्रचारप्रसार गर्न पाइँदैन । यसअघि, सो समयलाई ‘मौन अवधि’ भन्ने गरिए पनि त्यसको सट्टा ‘शून्य समय’ भन्नु उपयुक्त हुने भएकाले ४८ घण्टालाई ‘स्थिर समय’ मानिनेछ ।

निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ अनुसार निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सम्बन्धित कुनै पनि कार्यक्रम गर्न पाइँदैन । यो समयभित्र कसैले प्रचारप्रसार गरेको पाइए ‘निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय गरिने’ जनाइएको छ ।

ख्ष्मभय एबिथभच


क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन आयोग, #निर्वाचन आयोगले स्थिर समय अगाडि पत्रकार सम्मेलन गर्दै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545