गठबन्धन खरानीको डल्लो हो, मंसिर ४ पछि फुट्छ : केपी ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि माओवादी पाँच र सात सिटमा मात्र सीमित हुने बताउनु भएको छ।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले अहिलेको गठबन्धन खरानीको डल्लो भएको भन्दै मंसिर ४ पछि डल्लो फुट्ने दाबी गर्नुभयो । मंसिर ४ को निर्वाचनपछि माओवादी खरानीको डल्लो फुट्ने र माओवादी सडकमा जाने टिप्पणी गर्नुभयो।
अध्यक्ष ओलीले मंसिर ४ पछि एमालेको बहुमतको सरकार बन्ने दाबी गर्नुभयो । एमालेको सरकार बन्ने बित्तिकै गठबन्धन नरहने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो गठबन्धन मंसिर ४ पछि रहँदैन, खरानीको डल्लोजस्तै हो ।’
अध्यक्ष ओलीले हिजो छोरी बिकाउनको लागि १५ वर्ष भनेको र आज आफू बिक्नका लागि २० वर्ष भनेर हल्ला मात्र चलाइएको बताउनु भयो ।
‘गठबन्धन २० वर्ष टिक्छ भन्ने जस्तो भावुक कुरा केही हैन, अध्यक्ष ओलीले भन्नुभयो, ‘नचाहिने खालका प्रलोभन बाँडेको हो, हिजो छोरी बिकाउन १५ वर्ष भने, आज आफू बिक्न २० वर्ष भन्दै छन् । अरू कसैको श्रीमती, कसैको छोरा, कसैका ज्वाइँलाई जिताउनको लागि लागि दिइने अभिव्यक्ति राष्ट्रिय राजनीतिको विषय बन्दैनन् ।
क्याटेगोरी : समाचार
ट्याग : #केपी शर्मा ओली, #निर्वाचन आयोग, #नेकपा एमाले
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्