Techie IT
शनिबार, वैशाख ६,२०८२

कांग्रेसले गर्यो १६ जना नेता-कार्यकर्तालाई कारबाही


हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले निर्वाचनको मुखमा आफ्ना १६ जना जिल्ला नेता-कार्यकर्ताहरुलाई कारबाही गरेको छ ।

निर्वाचनको नजिँकिदै गर्दा पार्टीको उम्मेदवारको विरुद्ध लागेको भन्दै कांग्रेसले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएको छ ।

कांग्रेस जिल्ला अनुशासन समितिले पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारको विरुद्धमा लागेको भन्दै १६ जना नेता तथा क्रियाशील सदस्यहरुलाई कारबाही गरेको जनाएको छ ।

समितिका संयोजक प्रभातकुमार दाहालले १६ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेसले गर्यो १६ जना नेता-कार्यकर्तालाई कारबाही, #नेपाली कांग्रेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545