चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष केपी ओलीले आज प्रदेश १ जानुहुँदै

काठमाडौं । देश दौडाहामा रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रदेश १ मा जानुहुने भएको छ । निर्वाचनको पूर्व सन्ध्यामा अध्यक्ष ओलीले आज प्रदेश १ का तीन वटा चुनावी सभालाई सम्बोधन गर्नुहुने छ ।
एमाले स्थायी कमिटी सदस्य गुरु बरालका अनुसार अध्यक्ष ओलीले आज १२ बजे सुनसरीको दोहोबी, २ बजे लोकहीमा चुनावी सभालाई सम्बोधन गर्नुहुने छ ।
यस्तै अध्यक्ष ओलीले आज साझ ६ बजे विराटनगरमा मोरङका उद्योगी व्यवसायीसँग अन्तरक्रिया गर्ने स्थायी कमिटी सदस्य बरालले जानकारी दिनुभयो । विराटनगरको अन्तरक्रिया सकेर अध्यक्ष ओली आजै झापाको दमकस्थित आफ्नो निवासमा जानुहुने छ ।
यस्तै अध्यक्ष ओलीले चुनावी प्रचारको अन्तिम दिन भोलि मंसिर १ गते झापाको दुई चुनावी सभालाई सम्बोधन गर्नुहुने छ । अध्यक्ष ओलीले भोलि झापाको क्षेत्र नम्बर १ को काँकडभिट्टा र ५ को खजुरगाठिमा चुनावी सभालाई सम्बोधन गर्ने उहाँका चुनावी कमाण्डर देवेन्द्र दाहालले जानकारी दिनुभयो । भोलि राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुने छ । त्यस समयमा राजनीतिक दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसार गर्न पाउँदैनन् ।
ख्ष्मभय एबिथभच
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्