Techie IT
शुक्रबार, वैशाख ५,२०८२

रोल्पा कारागारका ६१ कैदीले निर्वाचनमा मतदान गर्न पाउने


रोल्पा । आसन्न मंसिर ४ गते हुने निर्वाचनमा जिल्ला कारागार रोल्पामा रहेका कैदीबन्दीमध्ये ६१ जनाले मात्र मतदान गर्न पाउने भएका छन् । कारागारमा १ सय १६ जना कैदीबन्दी बस्दै आएका छन् ।

१० जना महिला कैदीमध्ये ६ जना महिला र १ सय ६ जना पुरुष कैदी मध्ये ५५ जना पुरुष मतदाताहरूको मात्र मतदाता नामावलीमा नाम समावेश रहेका र ती कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने रोल्पा कारागारका जेलर यमलाल वलीले बताउनु भयो ।

कारागार परिसरभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरेर उनीहरुलाई अस्थायी मतदाताको रुपमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ कैदीबन्दी धेरै भए पनि मतदाता नामावलीमा ६१ जनाको नाम छ जेलर वलीले बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #६१ कैदीले निर्वाचनमा मतदान गर्न पाउने, #निर्वाचन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545