Techie IT
सोमबार, वैशाख ८,२०८२

मेलम्चीको पानी पुनः काठमाडौँ पठाउनका लागि काम सुरु


सिन्धुपाल्चोक । वर्षाका कारण अवरुद्ध मेलम्चीको पानी पुनः काठमाडौँ पठाउनका लागि काम सुरु गरिएको छ ।

वर्षायाममा क्षति हुनसक्ने भन्दै गत जेठमा बन्द गरिएको सुरुङ हालसम्म सञ्चालन गरिएको थिएन । यसवर्ष सुरुङमा खासै क्षति नभएपनि आयोजना स्थलसम्म पुग्ने सडक अधिकांश बिग्रिएको थियो । सो सडक निर्माणको काम अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताउनुभयो । अहिले आयोजनाको टोली मुहान मर्मतमा खटिएको कुँवरले बताउनुभयो । आवश्यक उपकरणसहितको टोली आयोजना स्थलमा खटिएको र खोला डाइभर्ट लगायत केही काम सुरु गरिएको उहाँले बताउनुभयो ।

भोलिदेखि सुरुङ खोतल्ने काम सुरु हुने उहाँको भनाइ छ । सुरुङ भित्र खासै क्षति नभएको, सुरुङ बाहिर पनि गत साल भन्दा आधा मात्र सरसफाइ गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो । जतिसक्दो छिटो पानी सुरुङमा पठाउने गरी काम गरिने उहाँको भनाइ छ । उहाँका अनुसार सडक अवरुद्ध भएकाले मेसिनहरू आयोजना स्थलमा पुर्‍याउन नसक्दा पानी ल्याउन ढिलाइ भएको हो ।

२०७८ असार १ को बाढीले आयोजनाको बाँध र हेडवर्क्समा क्षति पुर्‍याएपछि मर्मत गरि २०७९ वैशाख ११ गतेदेखि जेठ तेस्रो सातासम्म पानी लगिएको थियो । १ असार २०७८ मा सुपरिवेक्षण गर्नका लागि भन्दै सुरुङ बन्द गरेकै दिनमा ठूलो बाढी आएर मेलम्चीको हेडवर्क्स क्षेत्रमा क्षति पुगेको थियो । गेग्रान हटाउने कार्य चिनियाँ निर्माण कम्पनी सिनो हाइड्राले गर्ने छ ।


क्याटेगोरी : समाचार
ट्याग : #मेलम्ची, #मेलम्चीको पानी पुनः काठमाडौँ पठाउनका लागि काम सुरु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545