गोरखा १ प्रदेश ‘ख’ का उम्मेदवार नन्दप्रसाद न्यौपानेको ३२ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक

गोरखा । गोरखा क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’ का उम्मेदवार नन्दप्रसाद न्यौपानेले ३२ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । तिब्बतसँग सिमाना जोडिएको चुमनुब्रीसहित धार्चे, आरुघाट र भीमसेन थापा गाउँपालिका उक्त प्रदेश क्षेत्रमा पर्छ ।
न्यौपानेले उत्तरी गोरखाको चुमनुब्री र धार्चेका नागरिकको माग अनुसार छुट्टै जिल्ला वा विशेष अधिकार सहितको स्वायत्त क्षेत्र बनाउन पहल गर्ने उल्लेख बताएका छन् ।
चुमनुब्री गाउँपालिकाको छेकम्पार र सामागाउँको रुईला र ङुईला नाका खुल्ला गर्न नेपाल सरकारको तर्फबाट चीन सरकारसँग पहल गर्ने, बेनिघाट–आरुघाट–लार्के सडक निर्माण लगायतका विषयलाई उनले प्राथमिकतामा राखेका छन् ।
चुमनुब्री, धार्चेलगायत पालिकामा आवासीय विद्यालय संख्या थप र ब्यवस्थित गर्ने, दुर्गमका स्वास्थ्य संस्थामा सेवा बिस्तार गर्दै प्रविधि र दक्ष चिकित्सक सहितको अस्पताल बनाउने, गुणस्तरीय शिक्षाका लागि विद्यालयहरुलाई आईटी, पुस्तकालयलगायत भौतिक पूर्वाधारमा सबल बनाउने योजना उनले लिएका छन् । हेलिकप्टरबाट उद्धार तथा उपचार गर्नुपर्ने सुत्केरी, गर्भवती, गम्भीर घाईते तथा बिरामीलाई तत्काल सेवा दिने प्रक्रिया अपनाउने उनले बताए ।
पालिका जोड्ने मुख्य सडक स्तरोन्नतिसँगै कालोपत्रे गर्न पहल गर्ने, स्तुलखोला, ज्यादुलखोला, चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिम जोड्ने र बूढीगण्डकी आसपास रहेको बस्ती क्षेत्रमा सम्भाब्यता अध्ययन गरी पक्की पुल निर्माण गर्ने, खेल क्षेत्रको विकासमा ध्यान दिँदै युवा खेलाडीहरुको क्षमता अभिवृद्धिको लागि स्थानीय स्तरमै अवसर सिर्जना गर्ने गोरखा क्षेत्र नम्बर १ प्रदेश सभा ख का उम्मेदवार न्यौपानेको प्रतिवद्धता पत्रमा उल्लेख छ ।
स्थानीय सरकारसँग सहकार्य गरी बिकास निर्माणका काम अघि बढाउने, सांसद सम्पर्क कार्यालय स्थापना गरी जनताका समस्या, गुनासालाई नजिकबाट सम्बोधन गर्न प्रयास गर्ने योजना रहेको उनले बताए ।
उत्तरी गोरखा जाने पैदल बाटोलाई सुरक्षित र नियमित रुपमा सुचारु गराउन र पहिरो, भूक्षयको दीगो समाधान गर्न प्राविधिक अध्ययन गरी काम अघि बढाउने, केन्द्रिय प्रशारण लाईन बिस्तार गरिनेछ साथै लघुजलविद्यूत आयोजना र बैकल्पिक उर्जा मार्फत ‘जनताको रहर, उज्यालो घर’ भन्ने अभियान संचालन गर्ने प्रतिवद्धता उनले सार्वजनिक गरेका छन् ।
जलवायू परिर्वतनको असरलाई न्यूनिकरण गर्न नीति बनाएर काम गर्ने, सुचना र संचार क्षेत्रको विकाससँगै दुर्गम र ग्रामीण भेगमा सहज संचार गर्न गराउन, इन्टरनेट र सुचनाको सहज उपलब्धतामा पहल गर्ने न्यौपानेले आस्वासन दिएका छन् ।
बूढीगण्डकी अयोजनाबाट मुआब्जा पाउन छुटेकालाई मुआब्जा रकम प्राप्तिका लागि पहल गर्ने र बिस्थापित परिवारलाई वडाभित्र नै पुनर्बासको ब्यवस्था गर्ने उनले बताए ।
अब्यवस्थित बसोबासी र सुकुम्बासीहरुको समस्या समाधानका लागि दिगो ब्यवस्थापन गर्ने, बूढीगण्डकी आयोजना निर्माण र निर्माणपश्चात सिर्जना हुने अवसरहरुमा प्राथमिकताका साथ स्थानीयहरुलाई अबसर दिने काममा आफु लाग्ने न्यौपानेले बताए ।
दरौँदी दैनिक
क्याटेगोरी : समाचार
ट्याग : #नन्दप्रसाद न्यौपाने, #नन्दप्रसाद न्यौपानेको ३२ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्