Techie IT
शुक्रबार, वैशाख ५,२०८२

भारत विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश बन्दै


काठमाडौं । विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार विश्वको जनसंख्या ८ अर्ब पुगेको हो । ११ वर्षको अवधिमा विश्वको जनसंख्या १ अर्ब नाघेको राष्ट्रसंघले जनाएको छ।

बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघले सन् २०२३ भित्र भारतको जनसंख्या विश्वकै सबैभन्दा धेरै पुग्ने प्रक्षेपण पनि गरेको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुन्टारेसले स्वास्थ्य क्षेत्रमा भएको द्रूत विकासले मानिसको आयुलाई बढाएको र मातृ तथा बाल मृत्युदरलाई घटाएको बताएका छन् ।

राष्ट्रसंघले ११ वर्षको अवधिमा विश्वको जनसंख्या १ अर्ब नाघेको जनाएको छ। राष्ट्र संघले विश्वको जनसंख्या ९ अर्ब पुग्नका लागि अब १५ वर्ष लाग्ने जनाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #भारत, #भारत विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश बन्दै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545