पर्सामा चुनावी प्रचारप्रसार तीव्र

पर्सा निर्वाचनको मिति नजिकिएसँगै पर्सा जिल्लामा चुनावी प्रचारप्रसारलाई उम्मेदवारले तीव्र पारेका छन् । प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पाँच दिन बाँकी रहँदा मतदातालाई आ–आफ्नो पक्षमा मतदान गर्न अनुरोध गर्दै उम्मेदवारले घरदैलो तथा कोणसभालाई तीव्रता दिएका हुन् । निर्वाचनका लागि जिल्लामा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी माक्सवादी (पुष्पलाल), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल जनता पार्टी, नेपाल सुशासन पार्टीलगायत स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका हुन् ।
राजनीतिक रुपमा महत्त्वपूर्ण मानिएको यस जिल्लामा चार प्रतिनिधिसभा सदस्यका लागि ४९ र आठ प्रदेशसभा सदस्यका लागि एक सय गरी कूल एक सय ४९ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
चार निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी क्षेत्र नं ४ मा र सबैभन्दा कम क्षेत्र नं १ मा मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रञ्जीता झाले जानकारी दिनुभयो । उहाँले निर्वाचन क्षेत्र नं १ मा ४४ हजार ९९ पुरुष, ३३ हजार पाँच सय ७८ महिला र दुई अन्य गरी कूल ७७ हजार छ सय ७९ मतदाता रहेका र क्षेत्र नं २ मा ४९ हजार ७५ पुरुष, ३७ हजार आठ सय ८७ महिला र चार अन्य मतदाता रहेको बताउनुभयो ।
त्यसैगरी क्षेत्र नं ३ मा ५१ हजार तीन सय ६६ पुरुष, ३९ हजार ६२ हजार महिला र चार अन्य गरी कूल ९० हजार चार सय ३२ मतदाता रहेका छन् भने क्षेत्र नं ४ मा ५० हजार तीन सय ६४ पुरुष, ४० हजार चार सय ८१ महिला र चार अन्य गरी ९० हजार आठ सय ५१ मतदाता रहेको प्रमुख झाको भनाइ छ । चार प्रतिनिधिसभा सदस्य तथा ८ प्रदेश सभा सदस्यका लागि कूल एक सय ६७ मतदानस्थल र चार सय १२ वटा मतदान केन्द्र रहेको छ ।
निर्वचन क्षेत्र नं १ मा सबैभन्दा बढी २० जनाले उम्मेदवारी दर्ता गराएका छ भने सबैभन्दा कम क्षेत्र नं ४ मा मात्र नौ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिनुभयो । उहाँले क्षेत्र नं २ र ३ मा १०÷१० जना गरी कूल ४९ जनाले उम्मेदवारी दर्ता गराएकामा दलका तर्फबाट २७ र स्वतन्त्र उम्मेदवार २२ छन् । प्रतिनिधि सभामा सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको निर्वाचन क्षेत्र नं १ मा एमालेसँगको गठबन्धनबाट जसपाका प्रदीप यादव र स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति द्विवेदीलाई पार्टीले टिकट नदिएपछि उहाँले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ भने काँग्रेससहितको पाँच दलीय गठबन्धनबाट क्षेत्र नं १ मा लोसपाका नेता लक्ष्मणलाल कर्ण उम्मेदवार बन्नुभएको छ । क्षेत्र नं २ मा नेपाली काँग्रेससहितको पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसिया र एमालेसँगको गठबन्धनका उम्मेदवार जसपा नेता सुरेन्द्रप्रसाद कुर्मीबिच प्रतिस्पर्धा हुने देखिन्छ । गत निर्वाचनमा श्रीवास्तावले २१ हजार एक सय ६९ मत ल्याउनुभएकामा चौरसियाले १९ हजार सात सय चार मत पाउनुभएको थियो ।
त्यसै निर्वाचन क्षेत्र नं ३ मा सम्पन्न गत आम निर्वाचनमा फोरमका उम्मेदवार हरिनारायण रौनियारले नेपाली कांग्रेसका सुरेन्द्र चौधरिलाई एक हजार तीन सयभन्दा बढी मतले पराजित गर्नुभएको थियो । रौनियारले १५ हजार एक सय ६८ मत ल्याउनुभएकामा चौधरीले तेह्र हजार आठ सय एक मत ल्याउनुभएको थियो। क्षेत्र नं ४ मा फोरमका उम्मेदवार लक्ष्मणलाल कर्णले नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालाई छ हजार भन्दाबढी मतले पराजित गर्नुभएको थियो ।
गत निर्वाचनमा कर्णले २० हजार सात सय ३८ मत ल्याउनुभएकामा उहाँका निकटतम प्रतिद्वन्द्वी रिजालले १४ हजार सात सय दुई मत प्राप्त गर्नुभएको थियो । कर्णले यसपाली नेपाली कांगे्रस सहितको पाँच दलीय गठबन्धनबाट निर्वाचन क्षेत्र नं १ बाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालको टिकटबाट उम्मेदवारी दिनुभएको हो ।
जिल्लामा उम्मेदवारी दर्ता गाएकामध्ये स्वतन्त्र उम्मेदवारको सङ्ख्या ५६ प्रतिशत छ भने केही स्थानमा दलका उम्मेदवारसँग स्वतन्त्र उम्मेदवारकै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । पर्साको १२ पदका लागि जम्मा तीन महिला उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा सदस्यका लागि दलका तर्फबाट दुई र एक स्वतन्त्र महिला उम्मेदवार उम्मेदवार रहेका छन् । रासस
क्याटेगोरी : समाचार
ट्याग : #पर्सामा चुनावी प्रचारप्रसार तीव्र, #प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्