घरदैलोमा खुसी देखिएका सर्वेन्द र निरेशलाल

काठमाडौं । दुवैको गलामा माला छ । कपालमाथि लागेको अबिरले कपाल रातो देखिएको छ । एउटाको शिरमा सयपत्री फूलको पत्र छ अर्कोको शिरमा कालो कपाल । दुवै दिनभरको घरदैलो कार्यक्रममा दौडादडमा छन् तर मुस्कुराउँदै, उनीहरुको मुस्कानका पछाडि जनताको माया झल्किरहेको थियो ।
लाग्थ्यो यो चुनावी घरदैलो होइन । मतपरिणाम आएपछिको विजय र्याली हो । यी उम्मेदवारहरु हुन्, काठमाडौं क्षेत्र नं ६ का सांसदका उम्मेदवार सर्वेन्द्र खनाल र क्षेत्र नं ६ (क) का उम्मेदवार निरेशलाल सिंह महर्जन ।
टोखा नगरपालिका वडा नं ९ को घरदैलोको सुरुवात विजयको कामना गदैं फुल माला पहिराएर गरे । वडा नं ९ एमालेको अत्याधिक मत रहेको वडा हो । एमालेको पकड वडा भएका कारणले पनि सर्वेन्द्रसँगै निरेशलालमा समेत छुट्टै खालको खुसीभाव अनुहारमा देखिन्थ्यो । उनीहरु निश्चिन्त थिए । दुवैले सांसद भएपछि क्षेत्रको विकासका लागि योजना प्रस्तुत गरेका थिए । त्यसैले पनि ठूलो संख्यामा माया पाएर उनीहरु चुनावी अभियानमा मन्त्रमुग्ध मुद्रामा अघि बढिरहेका थिए ।
सर्वेन्द्र खनालको चुनावी क्षेत्र भएकाले देशभरै यस क्षेत्रको चुनावी गतिबिधि सबैलाई चासो हुने गरेको छ । जनप्रेमी तथा विकासप्रेमी यूवाहरु बिच राम्रो छवि बनाएका निरेशलाल सँग संघका उम्मेदवार खनालको ट्युनिङ मिलेको घरदैलोको क्रममा सुन्न पाइन्थियो । हरेक घरदैलोदेखि सानासाना सभा एवम् भेटघाटमा पनि दुवैजना सँगै पुगेका हुन्छन् भने उनीहरू बोल्दा एकअर्कालाई तारिफ एवम् सरहना गर्ने गर्छन् ।
पछिल्लो समय दुवै सँगै चुनावी प्रचारमा गंगाबुको गल्लीगल्ली पुग्दा गंगाबुवासीहरूले पनि उनीहरूको जोडीको प्रसंशा गर्ने गरेका छन् । निरेशलालसँगै उनका पार्टीका नेता कार्यकर्ता घरदैलोमा पुग्दा चार मतपत्र चार सुर्यमा छाप भनेर मत माग्छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #घरदैलोमा खुसी देखिएका सर्वेन्द र निरेशलाल, #निरेशलाल सिंह महर्जन, #सर्वेन्द्र खनाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्