Techie IT
आईतबार, वैशाख ७,२०८२

विकासको गति तीव्र रुपमा अगाडि बढाउन आवश्यक: सञ्चार मन्त्री कार्की


सुनसरी । सञ्चार तथा सूचना प्रविधि एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मुलुकमा रहेका पिछडा वर्गको समस्या समाधान गर्न जरुरी रहेको बताउनुभएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले मुलुकमा दिगो शान्ति, राजनीतिक स्थिरता र विकासको गतिलाई तीव्र रूपले अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।

सुनसरी–४ मा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका मन्त्री कार्कीले विकास बिनाको राजनीति खोक्रो नारा मात्रै हुने उल्लेख गर्नुभयो ।

शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #ज्ञानेन्द्र बहादुर कार्की, #विकासको गति तीव्र रुपमा अगाडि बढाउन आवश्यक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545