प्रचण्ड समक्ष छेकम्पारबासीद्वारा चारवुँदे ज्ञापनपत्र पेश

गोरखा । चुमनुब्री गाउँपालिका ७ छेकम्पारका बासिन्दाले स्थानीयबासीले भोग्नु परेका समस्याहरु समेटेर समाधानका लागि पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमक्ष ज्ञापन पत्र पेश गरेका छन् ।
आइतबार गाउँमा चुनाव प्रचार प्रसार गर्न आइपुगेका प्रचण्डसमक्ष स्थानीयबासीले चारवुँदे ज्ञापन पत्र पेश गरेको स्थानीय मिङ्ग्युर लामाले जानकारी दिए ।
ज्ञापन पत्रमा निर्माण हुँदाहँुदै लामो समयदेखि रोकिएको सिर्दिबास, चुम्चेत, छेकम्पार ङुइलाभञ्ज्याङ सडकको कामलाई पर्याप्त बजेट बिनियोजन गरी कामलाई निरन्तरता दिन साथै सो सडक निर्माण गर्न नेपाली स ेनालाई जिम्मा दिन माग गरिएको छ ।
त्यस्तै बिगत तीनबर्षदेखि बन्द अबस्थामा रहेको ङुइलाभञ्ज्याङ नाका खुलाई सीमा क्षेत्रका बासिन्दाको जनजीवनलाई सहज पु¥याउन पनि माग गरिएको छ । त्यसैगरी चुम्चेत र छेकम्पारका छुले, निले लगायत गतिपय गाउँमा अहिलेसम्म पनि नेपाल टेलिकमको मोबाइलको नेटवर्क नटिप्ने समस्या भएकाले सबै गाउँबस्तीमा मोबाइल सेवा सञ्चालनका लागि पहल गरिदिन पनि माग गरिएको छ ।
त्यस्तै बिगत बर्षदेखि समस्याग्रस्त अबस्थामा रहेको चुम्चेतस्थित लोक्पा पहिरोको नियन्त्रण गरी यहाँका बासिन्दाले बारम्बार भोग्ने गरेको पहिरोका समस्यालाई दीगो समाधानका लागि पहल गरिदिन पनि माग गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष निमा लामा, वडाअध्यक्ष टासी दोर्जे लामा, नेपाली कांग्रेसका पासाङ फुञ्जो लामा, मिङग्यूर लामा र नेकपा माओवादीका पेम्बा छेवाङ, कर्साङ फुञ्जो र चुम्चेतका गोपाल लामाले पूर्व प्रधानमन्त्री प्रचण्ड, गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेद्वार राजेन्द्र बजगाई, र प्रदेश सभाका उम्मेद्वार नन्दप्रसाद न्यौपानेलाई ज्ञापन पत्र पेश गरेका थिए ।
ज्ञापन पत्र ग्रहण गर्दै प्रचण्डले दुर्गमबासीले बर्षौँदेखि भोग्दै आएको समस्या समाधानका लागि यथासीघ्र पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।
दरौँदी दैनिक
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #प्रचण्ड, #प्रचण्ड समक्ष छेकम्पारबासीद्वारा चारवुँदे ज्ञापनपत्र पेश
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्