हिमाल र पहाडको सौन्दर्यले भरिएको मुस्ताङ

काठमाडौं । हिमालपारीको जिल्ला मुस्ताङ प्राकृतिक रूपले सिंगारिएको छ ।
यसको सदरमुकाम जोमसोम हो । यस जिल्लाको पूर्वमा मनाङ, पश्चिममा डोल्पा दक्षिणमा म्याग्दी र उत्तरमा चीनको तिब्बत पर्दछ ।
गण्डकी प्रदेशमा पर्ने जिल्ला मुस्ताङमा दर्जनौ यस्ता ठाउँ छन् जहाँ पुग्नेले नौलो अनुभूति गर्दछन् । सडक र हवाई यात्रा गरेर मुस्ताङ पुग्न सकिन्छ । मुस्ताको मध्य भाग भएर कालीगण्डकी नदी बग्दछ । यस नदीलाई स्थानीय भाषामा थाक खोला पनि भनिन्छ । मुस्ताङका धेरै जसो बस्ती यही नदीको किनारमा अवस्थित छन् ।
जोमसोम, मार्फागाउँ, घासा, लेते, लोमान्थाङ्ग, कागवेनी, छुसाङलगायतका ग्रामीण बजारले यो जिल्लामा रौनकता ल्याएका छन् । हिन्दु र बौद्धहरूको आस्थाको केन्द्र मुक्तिनाथ र कागवेनीमा भक्तजनहरूको भीड लाग्ने गरेको छ ।
मुस्ताङ नेपालको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो । हिमालपारीको जिल्लाको नामबाट चिनिने यो जिल्ला धवलागिरि र निलगिरि दुई अग्ला हिमशिखरको बीचमा अवस्थित छ । करिब तीन हजार वर्ष भन्दा अगाडिको पुरातात्विक उत्खननबाट देखिए अनुसार यो क्षेत्र परापूर्वकालमा नेपाल र तिब्बत बीचको व्यापारिक मुख्य नाका रहेको बुझिन्छ ।
कसरी जाने मुस्ताङ ?
काठमाडौंबाट बस, जीपबाट सिधै र हवाईजहाज चढेर मुस्ताङ जान सकिन्छ । काठमाडौं पोखरा र पोखराबाट जोमसोम हवाइजहाजमा जान सकिन्छ । काठमाडौंबाट पोखरा करिव २०० किलोमिटर, पोखरबाट जोमसोम १७२ किलोमिटर रहेको छ । माथिल्लो मुस्ताङ पुग्न भने ४६० किलोमिटर हाराहारीको सडक पार गर्नु पर्दछ ।
कस्तो छ खाने बस्ने व्यवस्था ?
मुस्ताङ जिल्लाका बजारमा साना, मझौला, ठूला होटेलहरू छन् । जहाँ कोठाको भाडा १ हजार ५०० रूपैयाँदेखि होटेलको स्तर अनुसार पर्ने गर्दछ । सादा खानाको ४०० रूपैयाँदेखि ५०० सय रूपैयाँसम्म पर्दछ । स्थानीय बासिन्दाको मिठो स्वागतले तपाईलाई निकै खुशी मिल्नेछ ।
घुम्ने ठाउँ के–के छन् ?
जोमसोम, मार्फागाउँ, घासा, लेते, लोमान्थाङ्ग, कागवेनी, छुसाङ, मुक्तिनाथ, नेपाल चीन सीमानालगायतका स्थानमा घुम्न सकिन्छ । स्थानीय बौद्ध गुम्बा, स्याउको मौसम भएमा स्याउ बगैंचा पनि हेर्न र घुम्न पाइन्छ । धवलागिरि र अन्य हिमश्रृङखलाको समेत अवलोकन गर्न सकिन्छ ।
अनौठो र अतभूत देखिने पहाडको कलात्कम दृश्य भने जोमसोम बजार कटेर माथिल्लो क्षेत्र लागेपछि चीनको सीमानासम्म देख्न सकिन्छ । फर्कदा म्याग्दीको तातोपानी, बाग्लुङको कालिका भगवती, पर्वत बाग्लुङ जोड्ने झुलुङ्गे पुल, कुस्मा बजार, पोखरा समेत घुम्न सकिन्छ ।
कोसेली के ल्याउने ?
स्याउ, भेडाको उनबाट बनेको टोपी, पछ्यौरा, गलबन्दी, छुर्पी, स्याउको सुकुटी, ब्राण्डी, जाम, टिमुर, जिम्बुलगायत कुराहरू स्थानीय बजारमा पाइन्छन् ।
समस्या केही आउँछ ?
मुस्ताङ जादाँ मुख्य समस्या सडक हो । जहाँ पुग्दा करिब १५ देखि २० किलोमिटर सडक निकै अप्ठेरो छ । तीन हजार ८०० मिटर उचाइमा भएकाले मुक्तिनाथमा कोहीलाई लेक लाग्न पनि सक्छ । माथिल्लो मुस्ताङ नेपाल चीन सीमानाको उचाई करिब चार हजार ७०० मिटर भएकाले त्यहाँ पनि सो समस्या केही मानिसलाई हुन सक्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #मुस्ताङ, #हिमाल र पहाडको सौन्दर्यले भरिएको मुस्ताङ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्