Techie IT
शुक्रबार, वैशाख ५,२०८२

थारु छात्रावास मतदान केन्द्रमा सम्पूर्ण कर्मचारी महिला मात्रै


वीरगञ्ज । पर्सामा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि २५ जना महिला मतदान अधिकृत खटाइएको छ ।

पर्सा जिल्लामा प्रतिनिधि सभातर्फ ४ निर्वाचन क्षेत्र र प्रदेशसभा तर्फ ८ निर्वाचन क्षेत्रका लागि आगामी निर्वाचनमा २ अस्थायी मतदान केन्द्रसहित ४ सय १४ मतदान केन्द्र तोकिएको छ ।

पर्साका १४ पालिकामा १ सय ६७ वटा मतदान स्थल निर्माण गरिने भएको छ । यस पटक जिल्लामा ३ लाख ४५ हजार ९ सय २८ जना मतदाताले मतदान गर्न पाउने भएको जिल्ला निर्वाचन प्रमुख रन्जिता झाले बताउनुभयो ।

४ सय १४ मतदान केन्द्रमध्ये २५ मतदान केन्द्रमा महिला मतदान अधिकृत खटिने भएका छन् भने वीरगञ्जको थारु छात्रावास मतदान केन्द्रलाई महिला मैत्री मतदान केन्द्रको रुपमा सञ्चालन गरिने छ ।

वीरगन्ज महानगरपालिका ५ मा रहेको थारु छात्रावास मतदान केन्द्रमा खटिने निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, निर्वाचन सहायक कर्मचारी, पियन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी समेत सम्पूर्ण महिला नै रहने र महिला मात्रको सहभागिताबाट सो मतदान केन्द्रमा मतदान सम्पन्न गरिने तयारी गरिएको जिल्ला निर्वाचन प्रमुख रन्जिता झाले बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #थारु छात्रावास मतदान केन्द्रमा सम्पूर्ण कर्मचारी महिला मात्रै, #निर्वाचन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545