Techie IT
आईतबार, वैशाख ७,२०८२

काम गर्ने नेतृत्व आवश्यक छ : प्रकाशशरण महत


नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मुलुकमा काम गर्ने राजनीतिक नेतृत्वको आवश्यकता रहेकाले आसन्न निर्वाचनमा त्यस्तो नेतृत्व छान्न नेपाली नागरिकसँग आपिल गर्नुभएको छ ।

नुवाकोट क्षेत्र नम्बर १ को ककनी गाउँपालिकामा लोकतान्त्रिक गठबन्धनद्वारा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रवक्ता महतले नेपालमा कुरा मात्र गर्ने नभएर काम गर्ने नेतृत्वको अवश्यकता रहेको बताउनुभयो ।

अर्को एक प्रसङ्गमा उहाँले नेपालमा सबै प्रजातान्त्रिक शक्तिहरूलाई जोड्ने नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्नुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीलाई पनि एकताबद्ध बनाइ राख्न नसकेको आरोप लगाउँदै उहाँले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई मात्र एक राखेको नभएर अरु वामपन्थी शक्तिलाई सरकारको गठबन्धनमा राखेर नेतृत्व प्रदान गर्न सकेको दृष्टान्त पेस गर्नुभयो ।

यस पटकको निर्वाचनमा कांग्रेस नेतृत्वले सबैको सल्लाह बमोजिम नै सर्वसम्मत रूपमा टिकट वितरण गरेको र अन्य दलहरूको समेत केही गुनासो नरहने गरी गठबन्धन अघि बढेकोले आगामी निर्वाचनमा यही गठबन्धनका पक्षमा स्पष्ट बहुमत आउने दाबी पनि गर्नुभयो ।

प्रवक्ता डा महतले निर्वाचनपछि यही गठबन्धनकै सरकार निर्माण हुने भन्दै सरकार निर्माण गर्न गठबन्धन गर्ने पार्टीको खोजी गर्न नपर्ने गरी निर्वाचनमा होमिएको प्रसङ्ग पनि उल्लेख गर्नुभयो ।

उहाँले संविधानको रक्षा, स्थिरता र समृद्धिको साझा लक्ष्य लिएर दलहरुबीच गठबन्धन भएको बताउनुभयो । रासस


क्याटेगोरी : समाचार
ट्याग : #प्रकाशशरण महत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545