Techie IT
शनिबार, वैशाख ६,२०८२

आर्थिक विकास र समृद्धिका लागि गठबन्धन : रामचन्द्र पौडेल


तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाएका उपलब्धिको रक्षा गर्दै आर्थिक विकास र समृद्धिको लागि गठबन्धन भएको बताउनुभएको छ ।

जिल्लाको व्यास नगरपालिका–९ मा आज आयोजित कार्यकर्ता भेटघाटमा उहाँले पाँचदलीय गठबन्धन अपरिहार्य रहेको, देशमा सुशासन कायम कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि जोड दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हिजो सत्तामा रहँदा र नरहँदा देश र जिल्लाको विकासमा लाग्दै आएको र आउँदा दिनमा पनि काम गर्ने स्पष्ट पार्नुभयो । कहीँ कतै बिचलित नभई गठबन्धन शक्तिलाई जिताउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘अधूरा काम पूरा गर्नेछु, जनता सामु बोलेका कुरा व्यवहारमा लागू गरेर छाड्ने बाचा गर्छु ।’

सत्तामा जान र पदका लागि मात्रै गठबन्धन नभएको उल्लेख गर्दै नेता पौडेलले लोकतन्त्र, गणतन्त्र र संविधान जोगाउनको लागि पार्टी गठबन्धन गरिएको स्पष्ट पार्नुभयो । गाउँका युवा शक्तिलाई विदेशिनबाट रोक्नका लागि स्वदेशमा बसेर रोजगारी गर्ने अवसरको ढोका खोलेर आर्थिक क्रान्ति गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । रासस


क्याटेगोरी : समाचार
ट्याग : #hot, #आर्थिक विकास र समृद्धिका लागि गठबन्धन : रामचन्द्र पौडेल, #रामचन्द्र पौडेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545