नेप्से सूचकमा दोहोरो अंकको गिरावट

साताको अन्तिम कारोबार दिन नेप्से सूचकमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्ला तीन दिन लगातार बढेर १९३६ विन्दुमा उक्लिएको नेप्से सूचकमा बिहीबार १६ अंकको गिरावट आएको हो ।
नेप्से सूचक दोहोरो अंकले घटेको यसदिन कारोबार रकम समेत ९० करोड तल झर्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन ८९ करोड ८९ लाख ७ हजार रुपैयाँ बराबरको २७ लाख ६७ हजार ५३९ कित्ता सेयर कारोबार भएको छ ।
आज जीवन बीमा समूह र निर्जीवन बीमा समूहको उपसूचक बाहेक अन्य सबै उपसूचकहरु ऋणात्मक भएका छन् । सबैभन्दा बढी आज हाइड्रोपावर समूहको उपसूचक १.३७ प्रतिशतले घटेको छ भने फाइनान्स समूहको उपसूचक १.२१ प्रतिशतले र डेभलपमेन्ट बैंक समूहको उपसूचक १.१९ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक १.२२ प्रतिशतले घटेको छ ।
आज युनिलिभर नेपाल लिमिटेडका सेयर धनीहरुले ६.५६ प्रतिशतले कमाएका छन् भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले ४.९४ प्रतिशतले गुमाएका छन् ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #नेप्से सूचकमा दोहोरो अंकको गिरावट
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्