काठमाडौं–५ मा ईश्वर पोखरेलको अगुवाईमा के–के काम भए ? यस्तो छ सूची

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं–५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलको नेतृत्वमा काठमाडौं क्षेत्र नम्बर ५ मा अनगिन्ती भौतिक पूर्वाधार तथा सामाजिक विकासका काम भएका छन् । २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संघीय सरकार, प्रदेश सरकार र स्थानीय पालिकाको सहकार्यमा सडक निर्माण र स्तरोन्नति तथा खानेपानीको क्षेत्रमा व्यापक योजना तथा कार्यक्रमहरु अघि बढेका छन् ।
यसैगरी, सांस्कृतिक सम्पदाहरुको संरक्षण र सम्बर्धनमा पोखरेलले थुप्रै कामहरु गरेका छन् । यसैबीचमा काठमाडौं महानगरपालिका, टोखा तथा बुढानिलकण्ठमा विभिन्न पार्क तथा मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएका छन् ।
२०७४ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभामा ईश्वर पोखरेल, प्रदेश सभामा १ मा नारायण सिलवाल र दीपक निरौला निर्वाचित भएका थिए । उनीहरुले यस क्षेत्रको विकासमा अर्बौं बजेट ल्याउन सफल भएका छन् ।
ईश्वर पोखरेलबाट के–के भए पाँच बर्षमा ?
टोखा नगरपालिका चण्डेश्वरी हुँदै बूढानीलकण्ठ जोड्ने ४ किमी सडक कालोपत्र गर्ने कार्य करिब सम्पन्न ।
बूढानीलकण्ठ नगरपालिका–३ चपली घुम्तीदेखि श्रीराम स्कूलसम्मको सडक स्तरोन्नति कार्य सम्पन्न ।
बूढानीलकण्ठ–४ स्थित प्रगति पुस्तक पसल, गोल्डेन चोक, कपुरचोक हुँदै बूढानीलकण्ठ वडा नं. ६ जोड्ने सडक स्तरोन्नति कार्य सम्पन्न ।
बूढानीलकण्ठ नगरपालिका वडा नं. ७ हात्तीगौंडा चोकदेखि विष्णुमतिसम्मको सडक कार्य सम्पन्न ।
बूढानीलकण्ठ नगरपालिका वडा नं. ७ गोल्फुटारदेखि च्यासिङ्डोलसम्मको सडक स्तरोन्नति कार्य सम्पन्न । साथै, च्यासिङ्डोलदेखि विष्णुमतिसम्मको सडकको टेण्डर भई आगामी वर्ष कार्य सम्पन्न हुने चरणमा ।
देउराली जनता भगवती मन्दिर–टोखा रोडसम्मको सडक स्तरोन्नति सम्पन्न ।
टोखा रोड–झुडोलमार्ग निर्माण सम्पन्न । त्यस्तै, झोर र टोखा जोड्ने मालुङ सडक स्तरोन्नतिको लागि चरणवद्ध कार्य प्रारम्भ ।
बूढानीलकण्ठ नगरपालिका वडा नं. ५ स्थित टुसालको पहिरो नियन्त्रणमा पहल गरिएको तथा काठमाडौं महानगरपालिका वडा नं. ४ र ५ हुँदै बग्ने खहरे खोला व्यवस्थित हुने चरणमा ।
काठमाडौं महानगरपालिका–५ स्थित सार्वजनिक जग्गा र बौद्ध विहार संरक्षण गर्न कम्पाउन्ड वाल निर्माण सम्पन्न ।
काठमाडौं महानगरपालिका वडा नं. ३ स्थित शिवपुरी माविको स्तरोउन्नतिका लागि विद्यालयलाई ल्यापटप वितरण ।
खानेपानी
काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का नेकपा (एमाले)का उम्मेद्वार ईश्वर पोखरेल संसद र सरकारको नेतृत्वमा पुगेपछि खानेपानीको क्षेत्रमा व्यापक योजना तथा कार्यक्रमहरु अघि बढेका छन् ।
खानेपानीको व्यवस्थित वितरण देखि नयाँ योजना निर्माण गर्ने व्यवस्थित कार्ययोजना यस अवधिमा पूरा भएका छन् । यसै क्षेत्रमा गैह्रीगाउँ खानेपानी योजना निर्माणदेखि जग्गा संरक्षण र खानेपानी व्यवस्थानका निम्ति धनेश्वरमा बजेटको व्यवस्थापन भएको छ । साथै, धनेश्वर खानेपानी आयोजनाका निम्ति नयाँ टोल सुधार समितिका निम्ति पर्याप्त बजेटको भएको छ ।
सामुदायिक विद्यालयमा खानेपानीको समस्या हल गर्ने प्रयासको प्रारम्भ यसै कार्यकालमा सुरु भएको छ । खासगरी शिवपुरी माविको क्यान्टिन निर्माण तथा खानेपानी व्यवस्थानका निम्ति पहल र प्रयत्नबाट सुरु भएको छ ।
विगतमा एमाले नेतृत्वको सरकारको अथक प्रयत्नबाट सूचारु भएको मेलम्ची खानेपानीको वितरणलाई यस निर्वाचन क्षेत्रमा पाइप विस्तार तथा वितरणलाई व्यवस्थित गर्ने यस क्षेत्रअन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. २, ३, ४ र ५ मा झण्डै १३ अर्ब बजेटको व्यवस्थापन भएको छ । जुन काम आंशिक रुपमा कार्यान्वयन हुने चरणमा छ ।
सडक
काठमाडौं निर्वाचन क्षेत्र ५ भित्र सड्क स्तरोन्नति तथा निर्माणमा उल्लेख्य उपलब्धि हासिल भएका छन् । बुढानिलकण्ठ नगरपालिका ३ स्थित छोलिङ गुम्बा सडक निर्माणका लागि पर्याप्त बजेटको व्यवस्थापन भएको छ । त्यस्तै, बुढानिलकण्ठ नगरपालिका ४ मा पहेँलो शिवमन्दिर देखि थापागाउँ हुँदै बुढानिलकण्ठ जाने सडक स्तरोन्नतिका लागि बजेट विनियोजन भएको छ । त्यस्तै, बूढानीलकण्ठ नगरपालिका ५ को चिसेनी गैराबारीको सडक स्तरोन्नति तथा थारथो सड्क स्तरोन्नतिका लागि आवश्यक बजेटको व्यवस्था भएको छ ।
डाँडागाउँ गुम्बादेखि ग्रीन भ्यालीसम्मको सडक स्तरोन्नतिका लागि बजेट तथा उपकार टोल सुधार समितिमा सडक स्तरोन्नति तथा ढल व्यवस्थापनका लागि पनि पर्याप्त बजेट उपलब्ध भएको छ । स्टार टाउन सडक स्तरोन्नतिदेखि च्यासिङडोलस्थित ढुंगे बजार रोडको स्तरोन्नति भएको छ । टोखा नगरपालिकाको सुविधा ग्यासदेखि बुढानिलकण्ठ नगरपालिका ७ जोड्ने सडक स्तरोन्नतिका निम्ति पर्याप्त बजेट उपलब्ध भएको छ ।
सार्वजनिक जग्गा
सार्वजनिक जग्गाको संरक्षण, सम्वर््द्धन र खोजीको क्षेत्रमा यस अवधिमा उच्च महत्वका साथ कार्य सम्पन्न भएका छन् । सार्वजनिक जग्गा तथा सम्पत्ति व्यवस्थापनको क्षेत्रमा काठमाडौं महानगरपालिका वडा नं. ३ र ४ तथा बुढानिलकण्ठ र टोखा नगरपालिकाभित्र उपलब्धिमूलक काम भएका छन् ।
बूढानीलकण्ठ–५ स्थित दक्षिणेश्वर क्लब नजिक रहेको सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माण, टोखा ५ मा धापासी देवी मार्गस्थित सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माणका लागि बजेट व्यवस्थापन भएको छ ।
काठमाडौं महानगरपालिकाको वडा नं. ४ को धोबी खोला करिडोरस्थित सार्वजनिक जमीनमा पार्क निर्माणका लागि पर्याप्त बजेट उपलब्ध गरिएको छ । साथै, काठमाडौं महानगरपालिकाको वडा नं. ३ मा धारा पाटी सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माणको काम अगाडि बढेको छ ।
भवन तथा पूर्वाधार निर्माण
बूढानीलकण्ठ ७ स्थित पानचोक सामुदायिक भवन र पानचौर सामुदायिक भवन निर्माण कार्यका लागि बजेट विनियोजन भई कार्य प्रारम्भ भएको छ ।
टोखा २ मा दीगो वातावरण मैत्री सामुदायिक भवन र चण्डेश्वरी सामुदायिक भवन निर्माण भएको छ ।
काठमाडौं महानगरपालिकाभित्र स्थानीयहरुको माग बमोजिम रानीबारी सामुदायिक भवन, विश्वशान्ति चिरन मिलन क्याम्पस भवन र बाँसबारी भवन निर्माण तथा सुधारको कार्य अगाडि बढेको छ ।
महानगरपालिकाभित्र रारा समाज भवन र चण्डोल युवा क्लब भवन निर्माण तथा सुधार सम्पन्न भएको छ । साथै, निर्माणाधीन अवस्थामा रहेको त्रिशक्ति क्लव भवन निर्माणको कार्य अगाडि बढेको छ ।
टोखामा गलेपार्क निर्माण तथान संरक्षणको कार्य अगाडि बढ्नुका साथै धापासी माविको भवनस्थल तथा पूर्वाधार र कम्पाउण्ड बाल निर्माण कार्यका लागि बजेट व्यवस्थापन भएको छ ।
काठमाडौं महानगरपालिका ५ स्थित द्यछें फः सम्पदाको पूर्वाधार निर्माण र विकास कार्यका लागि पर्याप्त बजेटको व्यवस्थापन गरिएको छ ।
मठ तथा मन्दिर निर्माण
उपत्यकाको उत्तरी भेकमा अवस्थित साँस्कृतिक नगरी टोखाको प्रसिद्ध सपनतिर्थ मन्दिर तथा सतल पुनःनिर्माणको कार्यका लागि पर्याप्त बजेट व्यवस्थापन गरिएको छ । साथै टोखामै अवस्थित चुनदेवी मन्दिर प्राङ्गण निर्माण अगाडि बढेको छ ।
काठमाडौं महानगरपालिकास्थित चुनदेवी सामुदायिक भवन तथा मन्दिर पुनःनिर्माणको काम अगाडि बढेको छ भने पञ्चकुमारी मन्दिर निर्माणाधिन भवनको बाँकी काम अगाडि बढ्ने क्रममा रहेको छ ।
अन्य कार्य
बुढानिलकण्ठको धरमपुर बस्तीमा ढुंगा छाप्ने कार्य अगाडि बढेको छ । सिद्धीगणेश टोलदेखि भद्रकाली डेरी जोड्ने बाटो ढलान गर्नेका निम्ति आवश्यक बजेट व्यवस्थापन भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ईश्वर पोखरेल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्