Techie IT
आईतबार, वैशाख ७,२०८२

काठमाण्डौ क्षेत्र नम्बर ५ मा एमालेको पक्षमा जनलहर


काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको प्रचार प्रसारको क्रममा काठमाडौं क्षेत्र नं ५ मा एमालेको पक्षमा व्यापक जनलहर देखिएको छ ।

एमाले क्षेत्र नं ५निर्वाचन परिचालन कमिटीले बिहिबार आयोजना गरेको घरदैलो कार्यक्रममा एमालेको पक्षमा समर्थन देखिएको हो । नेकपा एमाले टोखा नगरपालिका २ नं वडा कमिटीद्धारा आयोजित घरदैलो कार्यक्रममा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वर पोखरेल, प्रदेश सभा (ख) तर्फका उम्मेदवार दिपक निरैला, प्रदेश सभा (क) तर्फका उम्मेदवार नारायण सिलवालले मतदाता माझ पुगेर मत माग्नुभएको थियो ।

विकाश प्रेमी नेता ईश्वर पोखरेल भएको भन्दै मतदाताले चुनावमा निर्वाचित गरेर पठाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #ईश्वर पोखरेल, #काठमाडौं क्षेत्र नं ५, #काठमाण्डौ क्षेत्र नम्बर ३ मा एमालेको चुनावी घरदैलो कार्यक्रम तिव्र, #दिपक निरौला, #नारायण सिलवाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545