Techie IT
शनिबार, वैशाख ६,२०८२

काठमाण्डौ क्षेत्र नम्बर ६: मतदाता बिच लोकप्रिय बन्दै सर्वेन्द खनाल र अमन मास्के


 

काठमाडौं । काठमाण्डौ क्षेत्र नम्बर ६ मा नेकपा एमालेका उम्मेदवारहरुले घरदैलो कार्यक्रम लाई तिव्रता दिएका छन्। बिहिबार नेकपा एमालेले क्षेत्र नम्बर ६ को तारकेश्वर नगरपालिका ११ नम्वर वडाको मनमैजु, गुम्वा,नेपालटार, डाँडागाँउ मा घरदैलो कार्यक्रमको आयोजना गरेको थियो ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार सर्वेन्द्र खनाल र प्रदेश सभा (क) मा ई. अमन मास्के हुनुहुन्छ र प्रदेश सभा (ख) मा निरेशलाल सिंह महार्जन हुनुहुन्छ। उहाँहरुले मतदाता माझ पुगेर मत माग्नुभएको थियो । उमेदवार घरदैलोमा आउँदा स्थानीयवासीले उत्साहजनक रुपमा स्वागत गर्दै विजयको शुभकामना व्यक्त गरेका थिए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अमन मास्के, #काठमाण्डौ क्षेत्र नम्बर ३ मा एमालेको चुनावी घरदैलो कार्यक्रम तिव्र, #नेकपा एमाले, #सर्वेन्द खनाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545