तनहुँका ६ मतदान स्थल अति संवेदनशील

तनहुँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तनहुँका एक सय ४२ मतदानस्थलको तीन सय पाँच मतदान केन्द्र मध्ये ६ वटा मतदान स्थल अन्तर्गत रहेको मतदान केन्द्रहरू सुरक्षाको दृष्टिकोणले अति संवेदनशील रहेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले तयार पारेको सुरक्षा योजनाअनुसार सुरक्षाको दृष्टिकोणले यस जिल्लामा ५२ मतदान स्थल संवेदनशील रहेका छन् भने बाँकी रहेका ८४ मतदान स्थल सामान्य रहेको जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरेले जानकारी दिनुभयो ।
जिल्लामा विभिन्न मतदान स्थलहरू भौगोलिक रुपमा विकट तथा समयमै थप सुरक्षाकर्मी पुग्न नसक्ने र यस अघिका निर्वाचनमा भएको घटनाहरूका आधारमा ती मतदान स्थलहरूलाई अति संवेदनशीलको सूचिमा राखिएको तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वराज अर्यालले जानकारी दिनुभयो ।
उहाँले कुनै राजनीतिक दलको वर्चस्व रहेको क्षेत्रलाई समेत संवेदनशील मतदान स्थल मानेर सुरक्षा योजना तयार पारिएको बताउनुभयो ।
अर्यालले मतदान केन्द्रहरूमा तीन तहको सुरक्षा घेरा निर्माण गरेर भयरहित, स्वतन्त्र तरिकाले मतदान गराउने सुरक्षा निकायले योजना बनाएको बताउनुभयो । ।
मतदान केन्द्रको पहिलो सुरक्षा घेरामा म्यादी र नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र बाहिरी तथा तेस्रो घेरामा नेपाली सेना रहने छन् । साथमा राष्ट्रिय अनुसन्धान विभागबाट खटिनेछन् ।
“मतदान पूर्व, मतदान र मतदानपछिको तीन चरणको सुरक्षा योजना बनाएका छौँ”, अर्यालले भन्नुभयो, “नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धानका जनशक्ति परिचालन गरिएको छ ।”
जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार तीन सय पाँच मतदान केन्द्रमा ३०५ जना मतदान अधिकृत र तीन सय पाँच जना सहायक मतदान अधिकृतसहित तीन हजार ६६० जना कर्मचारी खटिँदै छन् ।
यस्तै निर्वाचन सुरक्षाका लागि तनहुँमा १ हजार ३९२ म्यादी प्रहरी भर्ना भएका छन् ।
सबै निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली परिचालन भएको छ ।
जिल्लामा दुई लाख ४४ हजार ३ सय ४० जना मतदाता रहेका छन् । जसमा एक लाख १७ हजार १३४ पुरुष र एक लाख २७ हजार २ सय ६ महिला मतदाता रहेका छन् ।
एक लाख चार हजार ३ सय २७ महिला र ९० हजार १ सय ४४ पुरुष गरेर २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एक लाख ९४ हजार ४७१ मतदाता थिए ।
क्याटेगोरी : समाचार
ट्याग : ##तनहुँ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्