१७ हजारले ज्यान गुमाउनुको स्पष्ट कारण खोई : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीका कारण १७ हजारले ज्यान गुमाउनुकोे उपलब्धी र कारण आज नेपाली जनताले खोजिरहेको बताएका छन् ।
बुधबार झापाको दमकमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली जनताले के उदेश्यका लागि १७ हजार नेपाली जनताले ज्यान गुमाउनुपरेको हो स्पष्ट कारण देखाउन चुनौती दिए ।
उनले ठूला(ठूला सपना देखाएर मृत्यु हुनेको कुरा मात्रै नभई बेपत्ता हुनेका परिवार र घाइतेको अवस्था अहिलेसम्म दर्दनाक रहेको बताए । क्रान्तिको नाम दिएर जनता उचाल्ने पार्टी नै सक्तामा पुगेपनि द्धन्दकालका कयौँ घाइतेले अझैसम्म उपचार नपाएर मृत्यु शैयामा छट्पटाइरहेका ओलीले बताए ।
घाइतेहरुका लागि नेकपा एमालेको नेतृत्वमा सरकार बनेपछि उपचार र भक्ताको व्यवस्था गरिने ओलीको भनाई थियो । यस्तै, ओलीले देश विकासको जिम्मा अब एमालेले लिएको बताए ।
एमालेको सरकार बन्नुअघि अन्य दलका सरकार बने पनि एमालेको सरकार आएपछि विकास निर्माणले गति लिएको अध्यक्ष ओलीको जिकिर थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता घनेन्द्र योङ्या, बलभद्र कोइराला, मोहन कार्कीसहित २ सय कांग्रेसका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । उनीहरुलाई कार्यक्रममै अध्यक्ष ओलीले पार्टीमा स्वागत गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #केपी शर्मा ओली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्