उम्मेदवारलाई विजयी गराउन एमाले केन्द्रीय सल्लाहकार परिषदको आग्रह

काठमाडौं । नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा विशेष निर्देशन जारी गरेको छ ।
परिषद्का अध्यक्ष अमृतकुमार बोहराले जारी गर्नुभएको निर्देशनमा सल्लाहकार परिषद्का सदस्यहरुलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सूर्यध्वजावाहक उम्मेदवारलाई विजयी गराउन पार्टीका चुनावसम्बन्धी कार्यक्रममा सहभागी भई आ–आफ्नो ठाउँमा लाग्न आग्रह गरिएको छ ।
निर्देशनको पूर्णपाठ यस प्रकार छ
नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्का कमरेडहरूलाई खासगरी निम्न ३ विषयमा आधारित भएर यो विशेष निर्देशन जारी गरिएको छ । पार्टीको सूचना संयन्त्रमार्फत् यसलाई प्राप्त गरी आआफ्ना ठाउँमा लागू गर्नरगराउन हार्दिक आग्रह गर्दछ ।
१ । नेपालको भविष्य निर्माण गर्ने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउने मंसिर ४ मा हुँदैछ । त्यो दिन आउन अब धेरै बाँकी छैन । ‘समृद्ध नेपाल, सुखी नेपाली’को हाम्रो विगतदेखिको लक्ष्यलाई पूरा गर्न सल्लाहकार परिषद्का सबै कमरेडहरू पूर्व निर्णयअनुसार आआफ्ना ठाउँमा जिम्मेवारीपूर्वक लागिनैरहनु भएको छ । यसमध्ये केही कमरेडहरू पार्टीका तर्फबाट आफै उम्मेदवार समेत भएर चुनावी मैदानमा समेत हुनुहुन्छ । तसर्थ परिषद्का सबै कमरेडहरूलाई चुनाव सम्बन्धी पार्टीको कार्यक्रममा सहभागी भएर नेकपा एमालेका सूर्यध्वजाबाहक उम्मेदवारलाई विजयी गराउन आफू सक्दो आआफ्नो ठाउँमा लाग्न केन्द्रीय सल्लाहकार परिषद्को तर्फबाट फेरि पनि हार्दिक आग्रह गर्दछ ।
२। पार्टी विधानबमोजिम हरेक वर्ष आफ्नो पार्टी सदस्यता नवीकरण गर्नु प्रत्येक पार्टी सदस्यको अनिवार्य दायित्व हो । यसबारे सल्लाहकार परिषद्का कमरेडहरूलाई जानकारी गराइएकै छ । तसर्थ परिषद्का सदस्यहरूमध्ये जो जसले आफ्ना सदस्यता नवीकरण गर्नुभएको छैन, उहाँहरूले आफ्नो सदस्यता आफ्नै सम्बन्धित जिल्ला वा केन्द्रीय संगठन विभागमार्फत् नवीकरण गरी यस परिषद्लाई जानकारी गराउनुपर्नेछ । नवीकरणको अभावमा पार्टीको वैधानिक काममा पर्ने असरप्रति कमरेडहरू आफैं सचेत हुनुहुन्छ ।
३। केन्द्रीय सल्लाहकार परिषद्को सदस्यहरूको विवरण अध्ययन गर्दा केही सदस्यहरूको सदस्यता प्राप्त मिति र सदस्यता नम्बर उपलब्ध नभएको पाइयो । तसर्थ यसैलाई सूचना मानी परिषद्का कमरेडहरूले आआफ्नो सदस्यता प्राप्त मिति र नम्बरको विवरण सोझै संगठन विभाग वा परिषद्को कार्यकक्षमा पठाई दिनुहुनेछ । हामी सोही आधारमा परिचय पत्रको समेत व्यवस्था गर्नेछौं ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्