पञ्चेश्वर र पश्चिम सेती परियोजना बनाउनेछौँ : शेर बहादुर देउवा

बैतडी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बैतडीको पाटनमा आयोजित चुनावी बृहत् आमसभाको सम्बोधन गर्नुभएको छ ।
सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले पश्चिम सेती जलविद्युत परियोजना निर्माणको प्रक्रिया अघि बढिसकेको र पञ्चेश्वर परियोजना निर्माणको प्रक्रिया थालनी गर्ने बताउनुभयो ।सेती र महाकाली नदिमा उत्पादन भएको विद्युतले देशको अर्थतन्त्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै उहाँले उक्त परियोजनाहरू बनाउन जरुरी रहेको बताउनुभयो । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका लागि भारत सरकार सकारात्मक देखिएकाले उक्त बहुउद्देश्यीय परियोजनाको काम आगामी सरकारले सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विकास निर्माणका लागी आसन्न मङ्सिर ४मा हुने चुनावमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी सरकार बाम लोकतान्त्रिक गठबन्धनको बनेमा सुदूरपश्चिमको विकासलाई प्राथमिकता दिने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #पञ्चेश्वर र पश्चिम सेती परियोजना बनाउनेछौँ : प्रधानमन्त्री देउवा, #शेर बहादुर देउवा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्