Techie IT
शनिबार, वैशाख ६,२०८२

चुनाब प्रचारमा राज्यकोषको दुरुपयोगय भएको आशंका, छानबिन गर्दै अख्तियार


काठमाडौं । विगतका निर्वाचनमाभन्दा यसपटक आचारसंहिता कार्यान्वयनमा चनाखो बनेको निर्वाचन आयोगले प्रचारप्रसारका बेला राज्यकोषबाट भएको खर्चको विवरण खाजेको छ । आयोगको आग्रहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्वाचन प्रचारप्रसारका दौरान राज्यकोषबाट भएको खर्चमाथि अनुसन्धान सुरु गरेको हो ।

निर्वाचन आयोगले पठाएको पत्रका आधारमा आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट कागजात मगाएको हो । निर्वाचन प्रचारका लागि केही साताअघि प्रधानमन्त्री शेरबहादुर देउवा लगायत सत्तारुढ दलका शीर्ष नेताहरु नेपाली सेनाको स्काइट्रक लिएर कञ्चनपुर पुगेका थिए ।

नेपाली सेनाको विमान प्रयोग भएकाले राज्यकोषको प्रयोग भएको हुनसक्ने आशंकामा आयोगले अनुसन्धान गरिदिन भन्दै अख्तियारमा पत्र पठाएको थियो । आयोगमा सम्बन्धित दलका नेताहरुले भने सरकारी नभई दल र उम्मेदवारको खर्चमा विमानको भाडा तिरिएको बताएका थिए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #चुनाब प्रचारमा राज्यकोषको दुरुपयोगय भएको आशंका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545