स्वच्छ निर्वाचनले राष्ट्रिय एकतालाई बलियो बनाउँछ : दिनेश कुमार थपलिया

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आमसञ्चार माध्यमले आम नागरिक र निर्वाचन आयोगबीच सम्बन्ध स्थापित गर्ने गरी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।
रेडियो नेपालमा आज आयोजित “प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन र मिडिया कभरेज” सम्बन्धी ३ दिने तालिमको शुभारम्भ गर्दै प्रमुख आयुक्त थपलियाले आम नागरिक, राजनीतिक दल, उम्मेदवारलाई सही सूचना सम्प्रेषण गरी मिडियाले आफ्नो भूमिकालाई जिम्मेवार बनाउनुपर्ने बताउनुभयो ।
उहाँले निर्वाचनको शुद्धताले शासन स्वच्छ हुने भएकोले दल, उम्मेदवार, मतदाता र सञ्चार माध्यमहरूले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
प्रमुख आयुक्त थपलियाले यो निर्वाचनले राष्ट्रिय एकतालाई बलियो बनाउने उल्लेख गर्नुहुँदै आचारसंहिता पालना गरेर दल तथा उम्मेदवारले असल राजनीतिक संस्कार देखाइरहेको समेत बताउनुभयो ।
उहाँले समाचार लेख्दा सत्यतथ्यमा आधारित भएर सबै उम्मेदवारलाई समान स्थान दिनुका साथै विविधतालाई एकतामा आबद्ध गर्ने काम मिडियाको भएको पनि बताउनुभयो ।
प्रमुख आयुक्त थपलियाले रेडियो नेपाल विश्वासिलो र आधिकारिक सञ्चारमाध्यम भएकोले अझै व्यावसायिक कुशलता प्रदर्शन गर्दै निर्वाचनका गतिविधिलाई प्रष्ट रुपमा नागरिकसामु लानुपर्नेमा जोड दिनुभयो ।
प्रमुख आयुक्त थपलियाले रेडियो नेपाल सबै रेडियोको पाठशाला भएको भन्नुहुँदै समाचारमा समावेशी, लैगिंकमैत्री र पहुँचयोग्य बनाउनुपर्ने बताउनुभयो ।
रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा। बैकुण्ठ अर्यालले सञ्चारकर्मीहरू निर्वाचन आयोगका दूत भएकाले आचारसंहिता पालना गर्ने र गराउने दायित्व बोकी समाचार सम्प्रेषणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले रेडियो नेपालले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी नागरिकमा सत्य तथ्य सूचना सम्प्रेषण गरिरहेको जानकारी दिनुभयो ।
आजदेखि सुरु भएको तालिममा रेडियो नेपालका देशभरका संवाददाता भौतिक र भर्चुअल रुपमा तालिममा सहभागी भएका हुन ।
तालिम निर्वाचन कानुन र आचारसंहिता, निर्वाचन कभरेजको अन्तर्राष्ट्रिय अभ्यास, निर्वाचनमा रेडियो नेपालको विद्यमान प्राविधिक क्षमता, कभरेजमा ध्यान दिनुपर्ने विषयहरू, रिपोर्टिङका समस्या र समाधान लगायतका विषयमा केन्द्रित रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #दिनेश कुमार थपलिया
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्