Techie IT
आईतबार, वैशाख ७,२०८२

प्रचण्ड सवार हेलिकोप्टर सल्यानमा आकस्मिक अवतरण


काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सवार हेलिकोप्टर सल्यानमा आकस्मिक अवतरण भएको छ ।

चुनावी कार्यक्रममा सहभागी हुन सुर्खेत जाने क्रममा मौसम खराब भएपछि उनी सवार हेलिकोप्टर सल्यानको खलंगामा अवतरण गरिएको हो ।

प्रचण्ड चढेको हेलिकप्टर केही समय खलंगामा अवतरण भएर पुनः सुर्खेतका लागि प्रस्थान भएको उनको सचिवालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पुष्पकमल दाहाल प्रचण्ड, #प्रचण्ड सवार हेलिकोप्टर सल्यानमा आकस्मिक अवतरण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545