Techie IT
शनिबार, वैशाख ६,२०८२

‘लौरो अभियानमा संलग्नता छैन’: मेयर बालेन्द्र शाह


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले लौरो अभियानमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

विभिन्न क्षेत्रका उम्मेदवारहरूले लौरो अभियानमा बालेनको पनि साथ रहेको भन्दै प्रचारप्रसार गरेपछि निर्वाचन आयोगले स्पष्ट पार्न भनेको थियो ।

‘लौरो अभियानमा मेरो संलग्नता छैन । स्थानीय निर्वाचनमा स्वतन्त्रबाट लौरो चिह्न पाएको हो । अहिले दलको चिह्न भएकाले मेरो संलग्नता छैन,’ आयोगलाई बालेनले पठाएको पत्रमा भनिएको छ ।

आफ्नो फोटो र लौरो राखेर कसैले प्रचार गरेको पाइएमा कारबाही गर्न बलेनले आयोगलाई भनेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँं महानगरपालिका, #बालेन्द्र शाह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545