Techie IT
शनिबार, वैशाख ६,२०८२

मतदाताले निर्वाचनबाट विकासको बाटो रोज्नुपर्छ : अध्यक्ष ओली


कास्की । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आम मतदाताले निर्वाचनबाट विकासको बाटो रोज्नुपर्ने बताउनुभएको छ ।

नेकपा एमाले कास्कीले आज आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले कास्कीमा पञ्चायतकलामा लामो समय आफूले जेल जीवन बिताएको स्मरण गर्नुभयो । उहाँले कास्की आफ्नो भावनात्मक ठाउँ रहेको पनि बताउनुभयो ।

“देश मङ्सिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सम्मुखमा छ । यो पटकको निर्वाचनले देशको भविष्य निमार्ण गर्नेछ”, उहाँले भन्नुभयो ।

“यो निवार्चनमा विकासको बाटो रोज्नुपर्छ । यो बेला स्थिरता र अस्थिरताबिच हामीले रोजेको बाटोले नै देश कता जान्छ भन्ने आम मतदाताको हातमा रहेको छ ।” उहाँले भन्नुभयो ।

उहाँले देशलाई अगाडी बढाउन एमालेले सरकारको नेतृत्व गर्नुपर्ने बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #केपी शर्मा ओली, #मतदाताले निर्वाचनबाट विकासको बाटो रोज्नुपर्छ : अध्यक्ष ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545