एमालेले एकल बहुमत ल्याउँछ : केपी ओली

कास्की । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा कांग्रेस र एमालेले हाराहारीमा सिट ल्याउँछन् भनेर गठबन्धनले भ्रम फैलाउन खोजेको टिप्पणी गर्नुभएको छ ।
कास्कीमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले कांग्रेसभन्दा धेरै अगाडि पुग्ने बताउनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘गठबन्धनले विभिन्न प्रकारका सर्भे भन्दै छुस्स छुस्स ल्याइरहेको छ । यसले गरेको, उसले गरेको सर्भे भन्दै एमालेलाई कांग्रेसको हाराहारीमा देखाउने कोसिस गरिएको छ । कांग्रेस हाराहारीमा मात्रै एमालेले भोट ल्याउँछ भन्ने इम्प्रेसन पार्न खोजिएको छ ।’
अध्यक्ष ओली भन्नुहुन्छ, ‘म भन्न चाहन्छु, एमाले कांग्रेसको हाराहारी होइन । सानो मार्जिनले होइन, ठूलो मार्जिनले कांग्रेसभन्दा अगाडि हुन्छ एमाले । एकल बहुमत ल्याउँछ । एकल बहुमतको सरकार बनाउँछ । अरू कसैलाई सरकारमा सामेल नगर्ने भन्ने होइन । तर त्यो सरकार फेरि पनि एमालेको हुन्छ ।’
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमालेले एकल बहुमत ल्याउँछ : अध्यक्ष ओली, #केपी शर्मा ओली, #नेकपा एमाले
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्