Techie IT
शनिबार, वैशाख ६,२०८२

रूपन्देहीलाई उदाहरणीय जिल्ला बनाउन यस्ता छन् विष्णु पौडेलको योजना


बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले रूपन्देहीलाई उदाहरणीय र अग्रणी बनाउने योजना बोकेर आफू चुनावी मैदानमा उत्रिएको बताएका छन् ।

आज आइतबार बुटवलमा आयोजित एक कार्यक्रमबीच आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्दै पौडेलले रूपन्देहीलाई भौतिक एवम् मानवीय विकासका दृष्टिले उदाहरणीय र अग्रणी बनाउने योजना आफूसँग रहेको बताएका हुन् ।

रूपन्देही क्षेत्र नम्बर २ का उम्मेद्वार पौडेलले यसबीचमा आफूले गरेका मुख्य–मुख्य काम र भावी योजना समेट्दै चूनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् । सुशासन, विकास र समृद्धिको लक्ष्यप्राप्तिका लागि सरकारी कार्यालय प्रशासनिक तथा प्राविधिक कर्मचारीलाई कर्तव्यपरायण, सक्षम र परिणाममुखी बनाइने, प्रशासनिक संयन्त्रलाई भ्रष्टाचार मुक्त बनाइने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

त्यस्तै सार्वजनिक सेवाप्रवाहलाई विश्वसनीय, पारदर्शी र भरपर्दो बनाउन सबै सरकारी कार्यालयहरूमा विद्युतीय सुशासन प्रणाली कार्यान्वयन गरिने पौडेलको भनाइ छ । विकास प्रक्रियामा स्थानीय जनताको सहभागितालाई महत्व दिइने तथा सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र एवम् सामुदायिक क्षेत्रको साझेदारी र सहकार्यलाई प्रवद्र्धन गर्न आवश्यक कानुनी, संस्थागत एवम् प्रक्रियागत व्यवस्था मिलाइने उनले बताए ।

पौडेलले विगतमा रूपन्देहीलाई विकासका दृष्टिले देशकै नमूना बनाउने उद्देश्यका साथ भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा महत्वपूर्ण काम अघि बढाएको दाबी गरेका छन् । गौतमबुद्ध बिमानस्थल, बुटवल–बेलहिया छ लेन सडक, भुमही–परासी–भैरहवा–लुम्बिनी–तिलौराकोट सडक, तिनाउ र दानव नदीमा दर्जन बढी डबल लेनका मोटरेबल पुलहरू, बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आफ्नै पहलमा निर्माण भएको उनको भनाइ छ ।

सम्पन्न भएका आयोजनाहरूको प्रभावकारी व्यवस्थापन गर्ने, निर्माणाधीन आयोजनाहरू सम्पन्न गर्ने र तयारी अवस्थामा रहेका आयोजनाहरू सुरु तथा सम्पन्न गर्ने जिम्मेवारी आएको उनले बताए । त्यस्तै यस्तै वृहत् लुम्बिनी क्षेत्रअन्तर्गतका सहरहरूलाई उच्चस्तरीय एवम् आधुनिक सडक सञ्जालबाट जोडिने र सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गर्ने पनि पौडेलको प्रतिवद्धतापत्रमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्
एमाले एक्लैले बहुमत ल्याउने एमाले उपाध्यक्ष विष्णु पौडेलको दाबी


क्याटेगोरी : समाचार
ट्याग : #hot, #विष्णु पौडेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545