Techie IT
शनिबार, वैशाख ६,२०८२

निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाउने वडाध्यक्ष सुनिलकुमार गुप्ता पक्राउ


वीरगञ्ज  । बाराको जीतपुरसिमरा उपहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष सुनिलकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

जीतपुर सिमरा उपमहानगरपालिका कार्यालयमा तालाबन्दी गरेपपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जीतपुर सिमरा उपमहानगरपालिकाको कार्यालयमा बारा क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालय पनि छ ।

निर्वाचन नजिकिदै गरेको समयमा निर्वाचन अधिकृतको कार्यालय भएको कार्यालयमा तालाबन्दी गरेकोले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाउने वडाध्यक्ष सुनिलकुमार गुप्ता पक्राउ, #पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545