प्रचण्डले मंसिर ४ पछि मात्रै प्रतिस्पर्धी चिन्नेछन : अब्दुस मियाँ

गोरखा । नेकपा एमालेबाट गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका अब्दुस मियाँले अर्का उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो बारेमा जनतालाई सोध्न भनेका छन् ।
शुक्रबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलनका क्रममा नेकपा माओवादीका अध्यक्ष प्रचण्डले गोरखा २ मा आफ्नो प्रतिस्पर्धी नै नभएको र प्रतिस्पर्धीलाई आफुले नचिनेको बताएपछि आक्रोशित बनेका अब्दुसले भने ‘गाउँका जो–कसैलाई सोध्नुहोला प्रतिस्पर्धी को भनेर, सबैले भनिदिनुहुन्छ र जिताएर अब्दुस तपाईंको प्रतिस्पर्धीहरू हो भन्ने देखाउनुहुन्छ ।’
अहिले नै जान्ने मन भए माला फुकाएर, गाडीबाट झरेर प्रतिस्पर्धीका बारेमा मतदातालाई सोध्न उनले अनुरोध गरे ।
चुनावी अभियानका लागि शनिबार गोरखाको बारपाक पुगेका मियाँले मंसिर ४ पछि मात्रै प्रचण्डले प्रतिस्पर्धी चिन्ने प्रतिकृया दिएका हुन् ।
प्रचण्ड गाडीमा आफ्ना मान्छेले घेरिएर हिँडेको र जनतासँग नभेटेकाले प्रतिस्पर्धी नचिनेको मियाँको तर्क छ । ‘दुई दिन ५०÷६० व्यक्तिबाट घेरिएर कालो सिसाभित्र हिँडेपछि प्रतिस्पर्धी चिनिंदैन, गोरखाका समस्या देखिंदैन । स्वाभाविक हो, उनले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अब्दुस मियाँ, #नेकपा एमाले, #प्रचण्डले मंसिर ४ पछि मात्रै प्रतिस्पर्धी चिन्नेछन : अब्दुस मियाँ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्