तपाईंहरु काम गर्नुहोस्, बजेट म मिलाउँछु : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकास निर्माणका काममा ढिलासुस्ती नगर्न आग्रह गर्नुभएको छ । गृह जिल्ला पर्वत आउनुभएका अध्यक्ष तिमिल्सिनाले विभिन्न योजनाहरुको अनुगमन गर्दै जिल्लामा सञ्चालित भौतिक पूर्वाधार निर्माणका योजनाहरु समयमै तोकिएको मापदण्ड र गुणस्तरमा सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।
अबका दिनहरु मुलुकको आर्थिक समृद्धि र विकास निर्माण गर्ने भएकाले चालू योजनाहरुलाई तोकिएकै समयमा सम्पन्न गर्न र शुरु हुन नसकेका योजनाहरुलाई तत्काल शुरु गर्न सरोकारवालालाई आग्रह गर्नुभयो । उहाँले साना योजनाहरु स्थानीय सरकारबाट, मध्यम खालका प्रदेश सरकारबाट र ठूला योजनाहरु सङ्घीय सरकारले हेर्ने भएकाले तीनै तहको समन्वय र सहकार्यबाट जिल्लाको समग्र विकासलाई गति दिनुपर्ने पनि बताउनुभयो ।
अहिलेको सरकार विगतमा जस्तो परिवर्तनशील नभएर स्थायी भएकाले पनि अबको पाँच वर्षमा मुलुकको तीव्र रुपमा विकास हुनेमा कुनै आशङ्का व्यक्त नगर्न पनि उहाँले आग्रह गर्नुभयो । उहाँले अबको पाँच वर्षमा पर्वतका सबैजसो बाटाहरु कालोपत्र हुने, घरघरमा खानेपानीका धारा पुग्नेलगायत आधारभूत आवश्यकता पूर्ति भएको जिल्लाका रुपमा विकास हुने बताउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले गण्डकी प्रदेशकै नमूना सडक आयोजना कुश्मा–मोदीवेणी सडक, कालीगण्डकी लोकमार्गअन्तर्गत मोदीखोलामा निर्माणाधीन मोटरेबल पुल र कुश्मामा निर्माणाधीन अत्याधुनिक सेवा सुविधासहितको अस्पताल भवनको निरीक्षण गर्नुभएको हो । सडकका बारेमा निर्माण समितिका अध्यक्ष मेघनाथ सुवेदी र अस्पतालका बारेमा अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी गराउनुभएको थियो ।
यसअघि अध्यक्ष तिमिल्सिना पर्वतको फलेवासस्थित गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालको घरमा पुगेर चार दिनअघि दिवङ्गत हुनुभएका मन्त्री लम्सालका दाजु थानेश्वर लम्सालको परिवारलाई समवेदना प्रकटसमेत गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गणेशप्रसाद तिमिल्सिना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्