ईश्वर पोखरेलको घरदैलो अभियान तीब्र, मतदाता भन्छन्ः पोखरेलले जितेर बाँकी रहेको काम पनि पूरा गर्नुहुन्छ भन्ने आश छ

काठमाडौं, २० कात्तिक । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले घरदैलो अभियानलाई तीब्र बनाएका छन् ।
आइतबार बिहान काठमाडौं महानगरको ५ नम्बर वडामा घरदैलो कार्यक्रम रहेका वरिष्ठ उपाध्यक्ष पोखरेललाई मतदाताहरुले स्वागत गर्नुको साथै जितको शुभकामना दिएका छन् ।
उनीहरुले पोखरेले यसअघि ५ वर्षमा गरेको कामबाट आफुहरु सन्तुष्टि रहेको बताउँदै अब पनि सोही क्षेत्रमा पोखरेललेनै जित्नुपर्ने बताए । उनीहरुले पाखेरेलले जितेर आएपछी बाँकी रहेका काम पनि पूरा गर्ने आशा व्यक्त गरेका छन् ।
घरदैलोमा रहेका पूर्वउपप्रधानमन्त्री समेत रहेका पोखरेलले आफ्नो जीवन जनताको सेवा रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘म विजयी भएर आएपछि बाँकी रहेका विकास निर्माणका काम पूरा गर्नेछु । जनताको घरदैलोमा रहेका पोखरेलले भने, मेरो पूरै जीवन तपाईहरूको सेवामै हाजिर छ ।’
उपाध्यक्ष पोखरेलले आफूले विगतमा पनि विकास निर्माण र जनताको दुःखमा साथ दिएको हुँदा आफूलाई विजयी गराउनेमा विश्वास व्यक्त गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ईश्वर पोखरेल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्