काठमाण्डौं क्षेत्र नंं १० मा नेपाली कांग्रेस बिपीको घरदैलो अभियान तिव्र
काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरू निर्वाचनको तयारीमा गाउँटोलसम्म पुग्न थालेका छन् ।
काठमाण्डौं क्षेत्र नं १० को नेपाली कांग्रेस बिपी का उम्मेदवारहरु पनि निर्वाचनमा जित आफ्नो पक्षमा पार्न घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
उत्पादनमुखी विकास र समुन्नत समाज समाजवादको आधार, समृद्ध नेपालका लागि नेपाली कांग्रेस (बिपी) भन्ने मुख्य नारासहित घरदैलो अभियानमा
काठमाण्डौं क्षेत्र नं १० का नेपाली कांग्रेस बिपीको उम्मेदवारहरुले मतदाता भेटधाट कार्यलाई तीव्रता हुन् ।
क्षेत्र नंं १० मा नेपाली कांग्रेस बिपीको तर्फबाट प्रतिनिधिसभामा सन्त प्रसाद श्रेष्ठ, प्रदेश क बाट प्रत्यक्षमा जय राम कार्की ,प्रदेश ख बाट प्रत्यक्षमा बादल लामा, प्रतिनिधिसभा समानुपातिकमा दुर्गा गौतम (श्रेष्ठ) ,सम्पुर्ण बलामी, प्रदेश सभा समानुपातिकमा प्रणय सिङ्ग मुन्नाले उम्मेदवारी दिएका छन् ।
काठमाण्डौं क्षेत्र १० का नेपाली कांग्रेस बिपी का उम्मेदवारहरुको यस्तो छ प्रतिबद्धता:
सनातन हिन्दुरास्ट्र नेपाल पुनःस्थापन , महङ्गो संघियता खारेजी , भस्ट्राचार नियन्त्रण , बढ्दो महङ्गी नियन्त्रण , २०४७ सालको संविधान लाई आधार मानेर संविधान संसोधन गरेर देशको सास्कृति सभ्यता पहिचानको रक्षा गर्दै जनता लाई आत्मनिर्भर र देश लाई समृद्ध बनाउने पार्टीको मुख्य लक्ष्य छ।
१ स्थानीय निकायका जनप्रतिनिधिहरु लाई बिकाश निर्माण कार्यमा अधिकार सम्पन्न जनताप्रति उत्तरदायी गराउने ।
२ माध्यमिक तह सम्मको शिक्षा पुर्ण रूपमा निस्शुल्क गर्ने । उच्च शिक्षाको गुणस्तर सुधार गरि बिदेशी बिद्यार्थी हरु नेपालमा पढ्न आउने गरि नेपाल लाई शैक्षिक हब को रूपमा अन्तर्राष्ट्रिय स्थरमा परिचीत गराउने ।
३ आधारभुत स्थास्थ सेवा निस्शुल्क गर्ने तथा जटिल प्रकृतिका रोगको उपचारमा तोकिए बमोजिमको आर्थिक सहयोग थप उपलब्ध गराउने।
४ कृषि मल, उन्नत बीउ विजन, कृषि औजार, सिचाइ आदिमा अनुदान तथा सहुलियत व्याज दरमा बैंक बित्तिय संस्था सहकारी तथा लघुबित्त संस्थाहरु बाट कृषि कर्जा सहज रूपमा उपलब्ध उपलब्ध गराउने व्यवस्था मिलाउने ।
५ हरेक वडामा उपभोग्य बस्तुका सुपथ मुल्य सहुलियतपूर्ण सहकारी पसल सञ्चालन गर्ने ।
६ कक्षा भन्दा माथी उत्तीर्ण गरेका वेरोजगार युवा युवेती लाई उत्पादन मुलक कार्य गर्न लगाएर बेरोजगार भत्ता समेत उपलब्ध गराउने ।
७ वास्तविक सुकुम्बासीलाई भोगाधिकार सहितको जग्गा उपलब्ध गराउने ।
८ घरवार विहिन विपन्न परिवारलाई सुविधायुक्त घर बनाइ हस्तान्तरण गर्ने ।
९ असहाय बाल वालिका, जेष्ठ नागरिक, घरेलु हिसा पीडित महिला तथा असक्तहरुका लागि उपयुक्त आश्वम सञ्चालन गर्ने ।
१० स्थानीय तहमा लिईएको चर्को कर अशुल्ने व्यवस्था हटाउने।
११ कृषकले उत्पादन गरेका कृषि उत्पादन तथा घरेलु उत्पादनका बस्तु तथा सामान बजारसम्म पुर्याउने र बिक्रि गर्ने ब्यबस्थाको लागि वार्ड कार्यालय , सहकारी संस्था, कृषि समुह समेतको समेन्त्र निर्माण गरि सहज रूपमा बिक्रीवितरण गर्ने ब्यबस्था मिलाउने।
१२ कृषि उत्पादन , पर्यटन सम्बन्धि उधोग स्थापना गर्दा अनुदान तथा सहुलियत ऋण प्रदान गर्ने ब्यबस्था गर्ने , नेपालको पर्यटन क्षेत्रहरु लाई अन्तर्राष्ट्रिय रूपमा परिचित गराउने र पर्यटन प्रबर्द्धन गरि रोजगारी सृजना गर्ने कार्यक्रमहरु संचालन गर्ने ।
१३ ठुला तथा साना उधोग खोल्ने , मल कारखाना खोल्ने , उत्पादन मुखी अर्थतन्त्रको माध्यम बाट देश लाई आत्म निर्भर बनाउने ।
बिकाश निर्माणका योजनाहरुको प्रभावकारी छ्नोट तथा तीब्र रूपमा बिकाश निर्माणकार्य गर्ने गर्न अनुगमन गरि तोकिएको समयमा कार्य सम्पन्न गर्ने ब्यबस्था मिलाउने ।
यस बाहेकका पार्टीको घोषणापत्रका कुरा हरु तथा रास्ट्र हितका कार्यक्रमहरुको लागू नेपाली कांग्रेस वीपी पार्टीले गर्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाण्डौं क्षेत्र नंं १० मा नेपाली कांग्रेस बिपीको घरदैलो अभियान तिव्र, #नेपाली कांग्रेस (बिपी), #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्