Techie IT
आईतबार, वैशाख ७,२०८२

संविधान कार्यान्वयनसँगै आर्थिक विकास आवश्यक : प्रकाशमान सिंह


काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेको बताउनुभएको छ ।

सङ्घीयताअनुसारको तीनै तहलाई अधिकार सम्पन्न गर्न संविधान अधिकार सूचीअनुसार कानून बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।काठमाडौँ क्षेत्र नं।१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका सिंहले संसद्को एक कार्यकाल संविधान जोगाउनमा लागेको बताउनुभयो ।

“संसद्को दुई कार्यकाल संविधान लेखनमा गयो, एक कार्यकाल संविधान जोगाउनै लाग्यो, अब कार्यान्वयनमा लैजानुप¥यो”, शनिबार भएको प्रचारप्रसार कार्यक्रममा उहाँले भन्नुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रकाशमान सिंह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mist
5:32 am6:32 pm +0545