सुदूरपश्चिमको विकासको ग्यारेण्टी एमालेले लिन्छ: केपी ओली

महेन्द्रनगर, । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउनुपर्ने बताएका छन् । कञ्चनपुरको महेन्द्रनगर र बैतडीमा शुक्रबार आयोजित चुनावीसभामा उनले देशको विकास, शान्ति, सुशासन र राष्ट्रियताका लागि एक्लै बहुमत ल्याउन आवश्यक रहेको बताए ।
विगतमा नेपाली काँग्रेसले २०१५ साल, २०४८ साल र २०५६ सालमा गरी तीनपटक बहुमत प्राप्त गरे पनि पाँच वर्ष सरकार चलाउन नसकेको बताउँदै एमाले पहिलो वा दोस्रो पार्टी हुने गरेको भए पनि बहुमत नपाएको उनले स्पष्ट पारे । ‘२०७४ सालको निर्वाचनमा बहुमत प्राप्त गरेर सरकार चलाउन सकेन भनेर अहिले हल्ला चलाइँदैछ, त्यस्तो होइन’ उनले भने–‘२०७४ मा एमालेलाई प्रत्यक्षतर्फ ८०, समानुपातिकतर्फ ४१ सिट गरी १२१ सिट आयो । प्रचण्डजस्ता पीँध नभएकालाई ल्याएर बहुमत पुर्याई सरकार गठन र पार्टी एकतासम्म गरियो तर सुग्रिवहरुले घरै भत्काएर गए । त्यसकारण यसपाली एमालेले एक्लै बहुमत ल्याउनुपरेको छ ।’
अध्यक्ष ओलीले अन्य मुलुकहरुको विकास राजनीतिक स्थायित्व र सुदृढ सरकारका कारण भएको तर नेपालमा भने च्याँखे थाप्नेहरुले बाजी मार्ने गरेको बताए । कुनै नीति, कार्यक्रम र गन्तव्य नभएका छतिर फर्केका गठबन्धनमा रहेका दलहरुले ‘काले काले मिलेर खाउँ भाले’ जस्तै देशलाई कसैले खुट्टा, कसैले हात, कसैले पीठ्युतिरबाट गिद्धले जस्तै लुछिरहेको बताउँदै अध्यक्ष ओलीले सत्ताका लागि प्रचण्डले ‘महान जनयुद्ध’सँग सौदावाजी गरेको बताए । उनले भने– ‘माओवादी भन्ने वित्तिकै प्रचण्ड र जनयुद्धका शहीद, तिनका परिवार, घाइते योद्धालाई एकैचोटी सम्झन्छु । बाँदरमुढे घटना सम्झन्छु । छोरी, बुहारी, भाइ, ज्वाई, नातागोताका लागि मरिमेट्ने भए ‘महान जनयुद्ध’ के का लागि रु जनयुद्ध स्वार्थका लागि सौदावाजीमा परिणत गरियो । ’
अध्यक्ष ओलीले नेपाली काँग्रेसमा पनि नेताहरुका श्रीमती समानुपातिकमा राखिएको, प्रधानमन्त्री, गृहमन्त्रीपत्नीहरु समानुपातिकमा परेका तर पार्टीमा योगदान गरेका कार्यकर्ता निराश अवस्थामा रहेका चर्चा गरे । अध्यक्ष ओलीले काँग्रेस र कम्युनिष्ट कार्यकर्ताहरुलाई एमालेमा आई देश बनाउने अभियानमा योगदान गर्न आग्रह पनि गरे ।
शुक्रबार दिउँसो बैतडीको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुदूरपश्चिमको विकासको ग्यारेण्टी एमालेले लिने बताए । आफू यसपाली मात्र नभई २०५० साल बैशाखमा बैतडीमा रहेको बताउँदै दार्चुला र बैतडीका समस्याका बारेमा आफू जानकार रहेको बताए । अध्यक्ष ओलीले भने–‘यहाँको झुलाघाटमा पक्की पुल बनाउने जिम्मा म लिन्छु । महाकाली करिडोर सुविधाका साथ दार्चुला पुग्ने गरी तयार हुन्छ । यहाँका खनिज पदार्थको सदुपयोग गरिने छ । मेरो नेतृत्वको सरकारका पालामा खानी विकासको काम प्रक्रिया अगाडि बढाइँदै थियो । पार्टीभित्रका मधुकैटवहरु एफ्रिएपछि सरकारबाट बाहिरियौं र काम अधुरो रह्यो । ती काम पनि अगाडि बढाइने छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले गेटाको मेडिकल कलेज सञ्चालन नगरी डडेलधुराको गन्यापधुरामा मेडिकल कलेज खोल्ने कुरा गरेको प्रसङ्ग जोड्दै अध्यक्ष ओलीले भने–‘मेडिकल कलेज गेटामै सञ्चालनमा ल्याइने छ । त्यहाँ पूर्वाधार निर्माण समेत भइसकेको छ । डडेलधुरामा राम्रो अस्पताल बनाइने छ ।’ उनले सुदूरपश्चिमका क्याम्पसहरुलाई सरकारले सञ्चालन खर्च व्यहोर्ने गरी सामुदायिक क्याम्पसमा परिणत गर्ने काम आफू प्रधानमन्त्री रहेको समयमा गरेको स्मरण गराए ।
अध्यक्ष ओलीले मदन भण्डारी राजमार्ग, मध्यपहाडि लोकमार्ग, गण्डकी करिडोर, कोशी करिडोरको काम अगाडि बढाउनुका साथै हुलाकी राजमार्ग निर्माण सम्पन्न गर्ने र पूर्वपश्चिम राजमार्गको विस्तार र स्तरोन्नतिको काम भइरहेको बताए ।
उनले देशका विभिन्न भागबाट रातको समयमा पनि हवाई सेवा सञ्चालन गर्ने अवस्था पनि एमाले सरकारकै पालामा भएको स्मरण गरे । सडक बालबालिका र अभिभावविहीन सडक मानव व्यवस्थापन, प्रसूूति व्यथाका कारण ज्यान जोखिममा परेका महिलाको हेलिकोप्टरबाट उद्धार गरी सुरक्षित प्रसूति सेवा दिने काम एमालेले गरेको उनको भनाई थियो ।
अहिले कङ्गाल बुद्धिका मानिसहरुले शासन गरिरहेकाले सडकमा भिखमङ्गा देखिन थालेको बवताउँदै अध्यक्ष ओलीले प्रश्न गरे–‘राज्यले केही मान्छेको व्यवस्थापन पनि गर्न सक्दैन रु’ अध्यक्ष ओलीले आफू २०५१ सालमा गृहमन्त्री हुँदा प्रहरीको स्तरोन्नति हुने व्यवस्था गरेको र नेपाली सेनालाई बङ्करबाट व्यारेकमा ल्याउने काम पनि त्यतिवेलै गरेको स्मरण गर्दै एमालेको सरकार सबैका लागि आवश्यक भएको बताए ।
ओलीले गर्भमा रहेको शिशुदेखि बृद्धावस्थासम्म मानिसलाई राज्यबाट प्राप्त हुनुुपर्ने शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका कुराको एमालेले ग्यारेण्टी गर्ने नीति एमालेले ल्याएको जानकारी गराए । अध्यक्ष ओलीले ती ग्यारेण्टी कार्यान्वयनका लागि अहिलेको जस्तो कठपुतली सरकार होइन, एउटा मजबुत राष्ट्रिय शक्तिका रुपमा निर्वाचनबाट एमालेलाई स्थापित गरी एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्याउन आम मतदातासँग आग्रह गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #केपी शर्मा ओली, #सुदूरपश्चिमको विकासको ग्यारेण्टी एमालेले लिन्छ: केपी ओली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्