प्रधानसेनापति शर्माद्वारा तीन जर्नेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले उपरथीबाट रथीमा बढुवा हुनुभएका सीताराम खड्कालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति शर्माले सहायक रथीबाट उपरथीमा बढुवा हुनुभएका विजय थापा र आशबहादुर तामाङलाई पनि बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गर्नुभयो ।
मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको बैठकले उहाँहरूलाई बढुवा गर्ने निर्णय गरेको थियो । सरकारले रथी खड्कालाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरेको छ ।
सैनिक मुख्यालयले उपरथी थापालाई सुदूरपश्चिम पृतनापति र उपरथी तामाङलाई नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्षको जिम्मेवारी दिएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #प्रधानसेनापति शर्माद्वारा तीन जर्नेललाई दर्ज्यानी चिह्न प्रदान, #प्रभुराम शर्मा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्