मिचिएको नेपाली भूमि फिर्ता गरिने छ : केपी ओली

दार्चुला । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च जमिन मिच्न र मिचिन नदिने बताउनुभएको छ ।
एमालेको देशव्यापी चुनावी अभियानको दार्चुलाबाट सुरुवात गर्नुहुँदै अध्यक्ष ओलीले दार्चुलामा मिचिएको नेपाली भूमि फिर्ता गरिने बताउनुभयो । उहाँले यो अभियान दार्चुलाबाट सुरु हुनुमा राष्ट्रियता र विकास पहिलो प्राथमिकतामा रहेको समेत बताउनुभयो ।
पछाडि परेको क्षेत्रको विकासका लागि नेकपा एमाले जहिल्यै पनि जनताको साथमा रहेको बताउँदै उहाँले आफू प्रधानमन्त्री हुँदा यस क्षेत्रको मिचिएको भू–भाग समेटेर चुच्चे नक्सामा समेटिएको समेत बताउनुभयो ।
दार्चुलाको विकास र समस्याका बारेमा आफु जनकार रहेको बताउँदै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा धेरै कामहरू भएको समेत दाबी गर्नुभयो । उहाँले दार्चुलाको तिंकर सडक निर्माणमा महाकाली नदी तटबन्ध प्राथमिकतामा रहेको बताउनुभयो ।
सदरमुकामको प्रमुख समस्या महाकाली नदीको कटान रहेको बताउँदै उहाँले भन्नुभयो, “नदीको पानीको बहाव सर्दैमा सीमा सर्दैन ।” उहाँले आफ्नो कार्यकालमा दार्चुलामा तुइनहरूको स्थानमा झोलुङ्गे पुलहरू बनेको र दार्चुला –धारचुला मोटर पुल छिट्टै निर्माण सुरु गरिने पनि बताउनुभयो ।
खलंगामा भएको चुनावी तथा अभियान उद्घाटन गर्न हेलिकप्टरमार्फत दार्चुला पुग्नुभएका अध्यक्ष ओलीले दार्चुला खलङ्गास्थित स्वर्गीय नेता प्रेम सिंह धामीको शालिकमा माल्यार्पण समेत गर्नुभएको थियो ।
अध्यक्ष ओलीले आजै बैतडीको पाटन र कञ्चनपुरको महेन्द्रनगरमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यतालिका छ ।
यसअघि ओली २०७० सालको संविधानसभा निर्वाचनको क्रममा दार्चुलाको गोकुलेश्वर आमसभामा पुग्नुभएको थियो । ९ वर्षपछि पुनः ओली चुनावी सभाको लागि दार्चुला आउनुभएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #नेकपा एमाले, #मिचिएको नेपाली भूमि फिर्ता गरिने छ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्