Techie IT
शनिबार, वैशाख ६,२०८२

प्रमुख निर्वाचन आयुक्त थपलिया र नेपालका लागि जापानका राजदूतबिच शिष्टाचार भेटवार्ता


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियासँग नेपालका लागि मित्रराष्ट्र जापानका महामहिम राजदूत युताका किकुताले आज निर्वाचन आयोगमा शिष्टाचार भेटघाट गर्नुभएको छ ।

भेटमा उहाँहरुबीच नेपाल र जापानको निर्वाचन प्रणाली, दुई देशको निर्वाचन सम्बन्धी अनुभव आदानप्रदान र सहकार्य सम्बन्धमा छलफल भयो।

प्रमुख निर्वाचन आयुक्तले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकन गर्न समेत महामहिम राजदूतलाई आमन्त्रण गर्नुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #दिनेश कुमार थपलिया, #प्रमुख निर्वाचन आयुक्त थपलिया र नेपालका लागि जापानका राजदूतबिच शिष्टाचार भेटवार्ता


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545