टोखा-छहरे सुरुङमार्ग बन्न नदिन सत्ता गठबन्धनले बजेट काट्यो: वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं। नेकपा एमाले का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनपछि पूर्वाधार विकासलाई गति दिन एमालेकै नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै टोखा छहरे सुरुङमार्ग गठबन्धन सरकार बनेपछि अलपत्र परेको बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा अोली प्रधानमन्त्री भएका बेला चीन सरकारसँग सम्झौता भएको उक्त सुरुङमार्ग बन्न नदिन सत्ता गठबन्धन लागेको भन्दै उनले त्यसका लागि एमालेको सरकार बन्नुपर्ने बताएका हुन् ।
टोखा नगरपालिका–२ मा आयोजित स्थानीय मतदातासँगको अन्तर्क्रिया कार्यक्रममा सोही क्षेत्रबाट निर्वाचित भएका र पुनः उम्मेदवार बनेका पोखरेलले टोखा–छहरेलगायत एमाले सरकारले अघि बढाउन चाहेका विकास र पूर्वाधार निर्माणका कामलाई गठबन्धनले नियोजित र योजनावद्ध ढंगले असफल बनाउन षड्यन्त्र गरिहेको आरोप लगाए ।
कार्यक्रममा सहभागी एक स्थानीयले टोखा–छहरे सुरुङ्मार्ग निर्माणबारे चासो व्यक्त गरेपछि पोखरेलले यस्तो जवाफ दिएका हुन् । ती सहभागीले टोखा–छहरे सुरुङ्मार्ग निर्माणका लागि बिनियोजन भएको रकम रकमान्तरण भयो भन्ने सुनिन्छ के हो रु भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलसँग प्रश्न गरेका थिए ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका पोखरेलले विकास र पूर्वाधार निर्माणमा पनि षड्यन्त्रपूर्ण राजनीति छिरेको र उच्च महत्वका साथ एमालेले अगाडि बढाएका थुप्रै राष्ट्रिय महत्वका कामहरु वर्तमान सत्ता गठबन्धनधारीहरुको प्राथमिकतामा नपरेको बताए ।
आर्थिक वर्ष २०७७र७८ को बजेटमा ओली नेतृत्वको सरकारले काठमाडौंको टोखाबाट नुवाकोटको छहरेसम्म बन्ने सुरुङमार्गको लागि ६ अर्व ४२ करोड रुपैयाँ बिनियोजन गरेकोमा वर्तमान गठबन्धन सरकारले रकमान्तर गरी बजेट कटाएको थियो । यो सडक चीनसँग जोडिने रणनीतिक महत्वको हो ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका क्रममा काठमाडौं टोखा–छहरे नुवाकोटको सदरमुकाम विदुर हुँदै बेत्रावती र स्याफ्रुवेंसीसम्म सुरुङ सहितको सडक निर्माण गरिदिन चीन सहमत भएको थियो ।
सुरुङमार्ग निर्माण सहयोग सम्बन्धमा अर्थ मन्त्रालय र चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीबीच सम्झौता भएको थियो । चीनसँग त्यसबेला भएका २० समझदारीमध्ये यो आयोजना पनि एक थियो ।
‘हाम्रो सरकारको पालामा चिनियाँ राष्ट्रपतिको नेपाल आगमनसँगै पूर्वसम्भाव्यता अध्ययन गर्ने टोखा–छहरे सुरुङमार्गका साथै काठमाडौं–पोखरा रेल वे, दुल्लुको प्राकृतिक ग्यास र नवलपरासीको फलाम खानी उत्खनन्बारे पूर्व सम्भाव्यताबारे अगाडि बढेकै हो’, पोखरेलले भने–‘काँग्रेस नेतृत्वको सत्तागठबन्धन सरकार बनेपछि यी आयोजना पुरै बेवास्तामा पारिएका छन्, यो आयोजना अलपत्र बन्छ कि भन्ने चिन्ता मलाई पनि छ ।’
एमाले सरकारले अगाडि बढाएका विशेष महत्वका यि आयोजनालाई फेरि गति दिन पुनः एमाले कै नेतृत्व आवश्यक रहेको पोखरेलको भनाइ थियो । उनले भने–’हामीलाई फेरी अवसर दिनुस, यो गठबन्धनले अलपत्र पार्न खोजेका यी महत्वपूर्ण काम फेरि हामी अगाडि बढाउँछौ ।’
विगतमा एमाले नेतृत्वको सरकारले ६ अर्ब ४२ करोड रुपैयाँ बजेट बिनियोजन गरी निर्माण सुरु गर्न लागेको टोखा–छहरे सुरुङ मार्ग देउवा सरकारको प्राथमिकतामा समेत नपरेपछि चीनको सहयोगमा बन्न लागेको आयोजनाको भविष्य बारे चिन्ता प्रकट हुँदै गएको छ ।
चिनियाँ राष्टपतिको नेपाल भ्रमण लगत्तै चीनबाटै आएको प्राविधिक टोलीले सुरुङ मार्ग सहित रसुवागढी(काठमाडौं सडकको पूर्व सम्भाव्यता अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन बुझाइसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ईश्वर पोखरेल, #टोखा-छहरे सुरुङमार्ग बन्न नदिन सत्ता गठबन्धनले बजेट काट्यो
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्