भारतलाई खुशी पार्न जबरजस्ती नागरिकता विधेयक पास भयो: ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारतलाई खुशी बनाउनका लागि नागरिकता विधेयक पास गरेको आरोप लगाएका छन् ।
काठमाडौं महानगरपालिका-२ मा आयोजित कार्यक्रममा बोल्दै काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर-५ का उम्मेदवारसमेत रहेका पोखरेलले भू-राजनीतिक अवस्थालाई बेवास्ता गर्दै छिमेकीलाई खुशी पार्नका लागि जबरजस्ती विधेयक पास गरिएको बताएका हुन् ।
नागरिकता विधेयक पास भएपछि प्रचण्डले दक्षिणी सीमानामा पुगेर बल्ल ढुक्क भयो भन्दै भाषण गरेका पोखरेलले बताए । टोखा-२ मा ४३ वर्षपछि एमाले नेतृत्वमा आउन सफल भएको भन्दै पोखरेलले अन्य दलबाट वाक्क भएर जनताले अब विकासप्रेमी पार्टी एमालेलाई रोजेको जिकिर गरे ।
पोखरेलले राष्ट्रिय नेता भएँ भन्दैमा आफ्नो क्षेत्रका जनतालाई बिर्सिएर जनताको सुख-दु:ख, विकास निर्माणका काममा लागिरहने प्रतिबद्वता व्यक्त गरे ।
विकासका लागि नेतृत्वकर्ता र जनताबीचको सम्बन्ध गाढा हुनुपर्ने पोखरेलको भनाई थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #ईश्वर पोखरेल, #नेकपा एमाले, #भारतलाई खुशी पार्न जबरजस्ती नागरिकता विधेयक पास भयो
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्