Techie IT
शनिबार, वैशाख ६,२०८२

तीन जनाको ज्यान जाने गरी भएको दुर्घटनामा फरार कार चालक २४ घण्टा नबित्दै पक्राउ


रुपन्देही तीन जनाको ज्यान नै जाने गरी दुर्घटना गराई फरार रहेका एक जनालाइ रुपन्देही प्रहरीले सवारी सहित नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देही ओमसतिया गाउँपालिका वडा नंम्बर ४ पननिस्थित भैरहवा परासी सडकखण्डमा पैदलयात्रीलाइ ठक्कर दिई फरार रहेका कार चालक रुपन्देही रोहिणी गाउँपालिका वडा नंम्बर ३ धकधई बस्ने २३ बर्षीया अजय कुमार चौधरीलाई बा ८ च ६५३२ नंम्बरको टाटा ईण्डिका भिष्टा (फिक्का निलो रङ्को) कार सहित प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नंम्बर ४ स्थितबाट पक्राउ गरिएको बताइएको छ ।

चौधरी सवार कारले हिजो (सोमबार) बिहान अन्दाजी ४ बजेर ५५ मिनेट जाँदा पैदलयात्रीहरु रुपन्देही ओमसतिया गाउँपालिका वडा नम्बर ४ पननी वस्ने २ महिनाको श्रीराम कुर्मी, २८ बर्षीया परमशिला कुर्मी, १४ बर्षीया सिमा कुर्मी, २६ बर्षीया मञ्जु कुर्मी र २४ बर्षीया बन्दना कुर्मीलाई ठक्कर दिइएको थियो । घाइते मध्य परमशीला कुर्मी गुप्ता, सिमा कुर्मी, श्रीराम कुर्मीको उपचारका क्रममा मृत्यु भइसकेको छ भने मञ्जु कुर्मीको उपचारपश्चात डिस्चार्ज भएको र वन्दना कुर्मीको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

दुर्घटना गराइ फरार रहेका कार र त्यसका चालकलाई प्रहरीले २४ घण्टा नबित्दै पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । उनी विरुद्ध सम्मानित रुपन्देही जिल्ला अदालतबाट म्याद अनुमती लिइ थप अनुसन्धान गर्ने कार्य भइरहेको समेत प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545