रुपन्देहीका प्रहरी प्रमुख रेग्मीको एक्सन : हतियारसहित दुई भारतीय नागरिक पक्राउ

रुपन्देही । रुपन्देहीमा हातहतियारसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेश जिल्ला गोरखपुर थाना चिलुवाताल पोष्ट मोहरीपुरग्राम भगवानपुर बस्ने चालक २८ बर्षीया सुनील कुमार सहनी र मोटरसाइकलको पछाडी सवार भारत उत्तर प्रदेश जिल्ला गोरखपुर थाना सहजनवा पोष्ट ग्राम घगसरा रिठुअखओर बस्ने २६ बर्षीया शशीकांत भट्ट रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
उनीहरुले असोज २३ गते बेलुकी ४ बजेको समयमा रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालीका वडा नम्बर ११ मोग्लाहस्थितमा मोटरसाइकलमा सवार लुम्बिनी रेमिट एण्ड कम्युनिकेशनका कर्मचारीलाई हतियार देखाई लुम्बिनी साँस्कृतिक नगरपालीका वडा नंम्बर ६ पर्सा महिलावारस्थित भित्री सडक नवजिवन स्कुल अगाडी हतियार देखाई दस लाख ९० हजार रुपैयाँ लुटेर लगेका थिए ।
भारतीय नम्बरको मोटरसाइकलमा आएका लुटेरा समूहले रकम लुटि लगेको भनी कर्मचारीले सूचना दिएपछि प्रहरीले अनुसन्धान कार्यलाई तीव्र पारेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार अज्ञात समूहले रकम लुटी लगेको सूचना पाएलगत्तै प्रहरीले घटनाको सुक्ष्म ढंगले अनुसन्धान गर्दै आएको थियो ।
त्यसैक्रम्मा ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीको टोलीले यहीँ कार्तिक १० गते बेलुकी ६ बजेको समयमा रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नंम्बर १ सिपवास्थितबाट चेकजाँच गर्ने क्रममा भारतीय नम्बरको युपी ५८ भी १८१४ नम्बरको मोटरसाईकलसहित दुवैलाई नियन्त्रणमा लिन सफल भएको समेत प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।
पक्राउ परेकामध्य सहनीको साथबाट प्रहरीले भारतीय नम्बरको मोटरसाइकल एक थान, सनमिका इन्ड्रष्टिकल लेखेको सेमी अटोमेटी पेस्तोल एक थान, म्याग्जीन थान १, गोलीको पिँदमा के.एक ७.६५ लेखेको राउण्ड ५ थान, रेड्मी ९ कम्पनीको मोवाईल एक थान र सवारी चालक अनुमतीको कार्ड एक थान बरामद गरेको छ भने अर्का भट्टको साथबाट प्रहरीले घरेलु बनावटको कटुवा पेस्तोल एक, थान, कटुवा पेस्तोलमा लाग्ने गोलीको पिँदमा ८एमएम केएफ लेखेको गोली राउण्ड एक थान, एमआइ कम्पनीको मोबाइल एक थान, र आधारकार्ड एक थान बरामद गरिएको छ ।
पक्राउ परेकाहरुउपर सम्मानित रुपन्देही जिल्ला अदालतवाट दस दिनको म्याद अनुमति लिइ थप अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्