Techie IT
आईतबार, वैशाख ७,२०८२

एमालेले ल्यायो २० हजार शब्दको घोषणापत्र,डिजिटल माध्यमबाट सार्वजनिक


काठमाडौं। नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र आज सार्वजनिक गरेको छ ।

आज काठमाडौंमा विशेष समारोह आयोजना गरी डिजिटल माध्यमबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । उनले विद्युतीय माध्यमबाट स्वीच थिचेर घोषणापत्र सार्वजनिक गरे ।

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि जारी गरिएको घोषणापत्र सपना, मन्त्र, वाचा, अवसर, प्रतिबद्धता, अठोट र प्रश्न समावेश गरेर २० हजार शब्दमा लेखिएको एमालेले जनाएको छ ।

साथै एमालेका उम्मेदवारलाई नै किन भोट हाल्ने भन्नेबारे दुई ओटा प्रश्नको उत्तर दिँदै एमालेले मतदातालाई ६ वटा महत्वपूर्ण प्रश्न समेत गरेको छ । जसले एमालेबाहेक अर्को चुनाव चिह्नमा मतदान गर्नुअघि अत्यन्तै सोचनीय बनाउने छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेले ल्यायो २० हजार शब्दको घोषणापत्र, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545