नेपाल एयरलाइन्सको दिल्ली उडान सोमबार पनि रद्द

काठमाडौं । नेपाल वायुसेवा निगमले दिल्लीका लागि सोमबारका लागि तय भएका दुई वटा उडान रद्द गरेको छ ।
निगमले सोमबार बिहानको नियमित र दिउँसोका लागि राखेको चार्टर गरी दुई वटा दिल्ली उडान रद्द गरेको हो ।
निगमको वाणिज्य विभागले मातहतका विभागीय प्रमुख, उपप्रमुख तथा उडानसँग सम्बन्धित इकाईहरुलाई आरए २०५र२०६ काठमाडौं–दिल्ली–काठमाडौं र आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकेको आरए २१७र२१८ काठमाडौं–दिल्ली–काठमाडौंको उडानका यात्रुहरुका लागि सोमबार तय गरेको चार्टर उडान पनि रद्द भएको जानकारी गराएको छ ।
आफ्ना मातहतका कर्मचारीलाई वाणिज्य विभागले यी दुई उडान रद्द गर्नुको कारण ‘अपरेसनल’ भनेको छ । निगम प्रवक्ता अर्चना खड्काका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले जाडोयामका लागि जारी गरेको उडान अनुमतिमा आइतबार र शुक्रबारको दिउँसोको उडान र सोमबार र बिहीबारको बिहानको उडान कटौतीमा पारेकाले निगमले सोमबार बिहानको नियमित उडान रद्द गर्नुपरेको हो ।
त्यस्तै, आइतबार काठमाडौंमा अलपत्र परेका यात्रुहरुका लागि तय गरेको चार्टर उडानको अनुमति नपाइएपछि निगमले उक्त उडान पनि नगर्ने इमेल कर्मचारीलाई गरेको बताइएको छ ।
प्रवक्ता खड्काका अनुसार, आइतबार दिउँसोको उडानका लागि टिकट काटेका २ सय ५४ मध्ये १ सय ४ जनालाई अन्य वायुसेवामार्फत पठाइसकेकाले बाँकी रहेका १ सय ५० जनालाई निगमले सोमबार दिउँसो गर्न लागेको आरए २१७र२१८ नम्बरको उडानबाट दिल्ली पठाउँदै छ ।
त्यस्तै, बिहानका लागि तय गरिएको तर रद्द गरिएको आरए २०५र२०६ नम्बरको उडानका लागि टिकट लिइसकेका १ सय ५० जनालाई पनि दिउँसोकै उडानबाट पठाइने भएको छ ।
दिउँसोको वाइडबडीमा यात्रु क्षमता २ सय ७४ जना मात्रै भएको तर यात्रु बढी भएकाले अन्यलाई रि–रुटीङ गर्नुपरेको निगमले भनेको छ । निगमले आइतबारअघि काठमाडौं–दिल्ली–काठमाडौं बिहान र दिउँसो गरी दैनिक दुईवटा गर्दै आएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल एयरलाइन्स, #नेपाल एयरलाइन्सको दिल्ली उडान सोमबार पनि रद्द
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्