तिनाउ कोरिडोर निर्माण गर्दा कसैलाई पनि घरबारविहीन बनाइँदैन, भ्रममा नपर्नुहोस् :विष्णु पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले तिनाउ कोरिडोर निर्माण गर्दा यहाँका कोही पनि जनतालाई घरबारविहीन नबनाइने बताएका छन् ।
रूपन्देही–२ का प्रतिनिधिसभा उम्मेदवार समेत रहेका पौडेलले आज सोमबार बुटवल–११ को युद्धनगरमा पार्टी कार्यकर्ताहरूसँगको भेटघाटमा तिनाउ–दानव कोरिडोरबारे छलफल गर्दै कसैलाई पनि घरबारविहीन नबनाइने बताएका हुन् । उनले विकासविरोधी तत्वहरूबाट भएको गलत प्रचारको भ्रममा नपर्न समेत मतदातालाई आग्रह गरेका छन् ।
कोरिडोर निर्माणका कारण यहाँका स्थानीयको घरबास उजाडिने कुरा गलत भएको उनको भनाइ छ । महत्वाकांक्षी र ठूला विकासका आयोजनामा विपक्षीहरूले गलत ढङ्गले भ्रम फैलाएर जनता आतंकित पार्ने र विकासविरोधी हर्कत प्रदर्शन गरिएकोप्रति उनले चिन्ता व्यक्त गरेका छन् ।
पूर्वअर्थमन्त्री समेत रहेको उपाध्यक्ष पौडेलले तिनाउ नदी कटान रोकथाम तथा सुरक्षित बसोबासका लागि कोरिडोर निर्माणको काम अघि बढाइएको स्पष्ट पार्दै कोही जनतालाई पनि घरबारविहीन नबनाइने प्रष्ट पारेका छन् । यहाँको बस्तीलाई व्यवस्थित गरी कोरिडोर क्षेत्रमा पर्ने घर–परिवारलाई व्यवस्थित ठाउँमा उनीहरूकै चाहनाअनुसार व्यवस्थापन गरेर मात्रै कोरिडोर निर्माण गरिने उनको भनाइ छ ।
‘यहाँको बस्ती सुरक्षाका लागि नै कोरिडोर निर्माण गर्न लागिएको हो । विकासका नाममा जनतालाई आतंकित पार्ने र विस्थापित गर्ने भन्ने हुँदैन,’ पौडेलले भने, ‘भ्रममा नपर्नुहोस् यदि यहाँबाट बस्ती हटाउनुपर्ने भएमा यो भन्दा थप व्यवस्थित ठाउँमा तपाईंहरूलाई व्यवस्थापन नगरी काम अघि बढ्दैन ।’ आफ्नो ध्यान खुद्रा योजनाभन्दा बढी समग्र क्षेत्रको एकसाथ विकास गर्नेगरी बृहत् रहेको पौडेलको भनाइ छ ।
उनले विकास योजनाका काममा जनतालाई भ्रम सृजना गरी आतंकित नपार्न समेत विपक्षीहलाई आग्रह गरेका छन् । राजनीतिक स्वार्थपूर्तिका लागि जनतालाई हरेक कुरामा भ्रम छरेर आतंकित बनाउनु गलत भएको उनको भनाइ छ ।
रूपन्देहीलाई विकासको रोलमोडल बनाउन कुनै पनि हालतमा बजेटको कमी हुन नदिने प्रतिबद्धता जनाउँदै उनले यसका लागि आगामी निर्वाचनमा एमालेले जित्नै पर्ने दाबी गरेका छन् ।
यो क्षेत्रमा एमालेबाट प्रदेश सभा (क) मा लिला गिरी र (ख) मा भोजप्रसाद श्रेष्ठ उम्मेदवार छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #तिनाउ कोरिडोर निर्माण गर्दा कसैलाई पनि घरबारविहीन बनाइँदैन, #नेकपा एमाले, #भ्रममा नपर्नुहोस् :विष्णु पौडेल, #विष्णु पौडेल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्